टुटेफुटेका माओवादी प्रचण्डकै नेतृत्वमा गोलबद्ध हुनुपर्छ, म पनि रातो मान्छे भएर उभिन तयार छु : नन्दबहादुर पुन (भिडिओ)
काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनले गणतन्त्र र संविधान माओवादी आन्दोलनको जगमा मात्रै सम्भव भएको दाबी गरेका छन् । काठमाडौंमा आयोजित गणतन्त्र सेनानी सम्मान कार्यक्रमलाई माओवादी आन्दोलनकै कारणले देशमा गणतन्त्र आएको बताए ।
उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई गणतन्त्रको नायक प्रचण्ड भन्दै भने, ‘यो देशमा माओवादी आन्दोलन र माओवादी, जनमुक्ति सेना नभएको भए यो देशमा गणतन्त्र एउटा कल्पना मात्रै हुनसक्थ्यो । यो समयमा हामीले गणतन्त्र प्राप्त गर्न सक्दैनथ्यौं । कसैले मानोस् वा नमानोस्, इतिहासले मानिसकेको छ ।’
उनले सरकारले गणतन्त्रको योद्वाहरुलाई सम्मान गर्नुपर्ने भन्दै प्राप्त गरेको उपलब्धिको रक्षा गर्न लाग्नुपर्ने बताए । उनले विगतबाट शिक्षा लिएर समाजवाद प्राप्त गर्ने लक्ष्यमा दृढतापूर्वक माओवादी अघि बढ्नुपर्ने बताए ।
टुटफुटको इतिहासलाई फेरि जोड्दै नयाँ पार्टी निर्माण गर्दै अघि बढ्न आग्रह गरे । उनले गणतन्त्रको रक्षाको लागि प्रचण्डकै नेतृत्वमा गोलबद्ध हुनुको विकल्प नभएको बताए । अहिलेसम्म उपलब्धि उल्ट्याउन खोज्नेहरुका विरुद्ध आगो भएर लड्न तयार रहेको बताए । उनले प्रतिक्रियावादीहरु समावेशी, समानुपातिक, संघीयतालाई दायाँबायाँ गर्न खोजे आफू रातो मान्छे भएर उभिन तयार रहेको बताए ।
उपराष्ट्रपति भैसकेको व्यक्ति । कहिलेकाहि कार्यवाहक राष्ट्रपति पनि । अब फेरि पार्टीमा ? नैतिकता नभए पछि के लाग्छ ।राज्यबाट सुको नदेउ ।