घटेको बजारमा यी ५ कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं । दोहोरो अंकले घटेको बजारमा पाँच कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २४.९७ अंकले घट्दा पाँच कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको हो ।
नेप्सेका अनुसार आजको कारोबारमा खानीखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।
आज यस कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ३८९.९० रुपैयाँमा पुगेको छ । यसका साथै आज जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ४५१ रुपैयाँमा पुगेको छ ।
त्यस्तै, रिभर फल्स पावर लिमिटेडको शेयरमूल्य ९.९० प्रतिशतले बढेर प्रतिकित्ता १०८८ रुपैयाँ पुगेको छ भने इङवा हाइड्रोपावर लिमिटेडको शेयरमूल्य ९.७२ प्रतिशतले बढेर प्रतिकित्ता ७२० रुपैयाँ पुगेको छ । स्वाभिमान लघुवित्त वित्तीय संस्था पनि ९.४१ प्रतिशतले बढेर प्रतिकित्ता २३१९ रुपैयाँमा पुगेको छ ।
बुधबार ९ अर्ब १३ करोड २४ लाख बराबरको कारोबार भएको छ । आजको कारोबारमा समग्र १०४ कम्पनीको शेयरमूल्य बढ्दा १३२ को घटेको छ । ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेड र लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ ।