पत्रकार कुटिएको घटनामा रास्वपाले भन्यो- कार्यक्रम विथोल्न हिजो जस्तै घुसपैठ भएको हुनसक्छ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आज चितवनमा भएको प्रदर्शनका क्रममा पार्टी सदस्यहरुबाट सञ्चारकर्मीहरुमाथि कुटपीट भएको भनी आशंकासहित प्रकाशित समाचारप्रति आपत्ति जनाएको छ ।
रास्वपाका प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी सदैव सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरुप्रति सम्मान राख्ने भन्दै सञ्चारकर्मीहरुलाई सुरक्षित राख्नुपर्छ भन्ने पार्टीको स्पष्ट मान्यता रहेको बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘हाम्रा प्रदर्शनमा पार्टी सदस्य तथा पार्टीका शुभचिन्तकहरुबाहेक कार्यक्रमलाई बिथोल्ने र हिंसात्मक बनाउने नियतले घुसपैठ भइरहेको प्रमाण हिजो पनि भेटिएको थियो र त्यस्तै उद्देश्य लिएर आएका व्यक्तिहरुबाट चितवनमा यस्तो भएको हुनसक्ने हाम्रो अनुमान छ । त्यस्ता व्यक्तिहरुको पहिचान गरी कानूनी कारबाही गरिनुपर्छ । र, यस प्रक्रियामा आवश्यक सहयोग गर्न रास्वपा सदैव तयार रहेको सम्बन्धित सबैमा स्पष्ट पार्न चाहन्छौं ।’
शान्तिपूर्वक र नियन्त्रित रूपमा विरोध कार्यक्रम सञ्चालन गर्न गराउन सम्पूर्ण पार्टी सदस्य तथा शुभचिन्तकहरुमा आग्रह गरेको छ । उनले सभापति रवि लामिछानेलाई हिरासत बाहिर राखी कानूनी प्रक्रिया अगाडि बढाउन र राजनीतिक प्रतिशोध बन्द गर्न माग गर्दै प्रदर्शन गर्दै आइरहेको उल्लेख गरेका छन् ।
पत्रकार पनि पत्रकार नभएर इमान जमान बेचेका दलाल छन् र पो बेलाबेलामा यस्ता घटना हुन्छन् । विरोधमा बक्तव्य निकाल्ने पत्रकार महासंघ आफ्ना सदस्यका करतूतमा चाहिँ सधैं मौन भएको देख्दा यो संघ पनि कतै त्यस्तै दलालहरूको झुण्ड त होईन भनेर सोच्नुपर्ने हुन्छ ।
All looters and gangs are shifted to Ghanti so it’s not new !