सय वर्ष पुग्न तीन महिना अगाडि अस्ताए इतिहासकार पुरुषोत्तम शमशेर
नेपाल प्रेस
२०८१ मंसिर २० गते १२:५३
काठमाडौं । नेपालका चर्चित इतिहासकार पुरुषोत्तम शमशेर राणाको निधन भएको छ । बुहारी भगवती राणका अनुसार काठमाडौंको मेडिसिटी अस्पतालमा राणाको निधन भएको हो ।
आज १२ बजेर १३ मिनेटमा डाक्टरले मृत घोषणा गरेको राणाले नेपाल प्रेसलाई जानकारी दिइन् । कुनै देखिने समस्या नभएता पनि प्रेसर लो भएर अस्पताल भर्ना भएको उनको निधन भएको बताइएको छ । यहि चैतमा राणा सय वर्ष पुग्दै थिए ।
राणाले लेखेका प्रख्यात किताबहरु धेरै छन् । त्यसका केही उदाहणहरुमा श्री ३ हरुको तथय वृत्तान्त, कुनेछिपेका प्रतिभाहरु, जंगबहादुर राणा, मेरा जीवनका स्मृतिहरु आदि पर्छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर