पत्रकार महासंघको ५२ सदस्यीय केन्द्रीय समितिका लागि १३३ जनाको उम्मेदवारी (सूची) – Nepal Press

पत्रकार महासंघको ५२ सदस्यीय केन्द्रीय समितिका लागि १३३ जनाको उम्मेदवारी (सूची)

अध्यक्षमा कमल गिरी र निर्मला शर्मासहित ५ जनाको उम्मेदवारी

काठमाडौं । मंसिर २८ गते हुने नेपाल पत्रकार महासंघको ५२ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि १३३ जनाको उम्मेदवारी परेको छ । महासंघको निर्वाचन कार्यतालिका अनुसार शुक्रबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ता गर्न समयसिमा तोकिएकोमा उक्त समयसिमा भित्र ४७ पदका लागि १३३ जनाको उम्मेदवारी दर्ता भएको हो ।

सूची अनुसार अध्यक्षका लागि कमल गिरी, देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश बिष्ट र लालसिंह (एलएस) लामाको उम्मेदवारी परेको छ । गिरी प्रेस सेन्टर नेपाल नेतृत्वको संयुक्त प्यालनबाट उम्मेदवारी दिएका हुन् भने शर्माले प्रेस चौतारी सहितको प्यानलबाट उम्मेदवारी दिएकी हुन् । यस्तै बिष्टले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

यस्तै बरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद चौलागाई, दामोदरप्रसाद दवाडी, दीपक आचार्य र रोसन पुरीसहित ४ जनाको उम्मेदवारी परेको छ । चौलागाई चौतारी नेतृत्वको प्यानलका उम्मेदवार हुन् भने पुरी प्रेस सेन्टर नेतृत्वको प्यानलका उम्मेदवार हुन् ।

यस्तै उपाध्यक्ष महिलामा गंगा पौडेल र नितु पण्डितको उम्मेदवारी परेको छ । बराल प्रेस सेन्टर नेतृत्वको प्यानलका उम्मेदवार हुन् भने पण्डित चौतारी नेतृत्व प्यानलका उम्ेमदवार हुन् । यस्तै महासचिवमा जन्मदेव जैसी, प्रकाश थापा, रामप्रसाद दाहाल लेखनाथ न्यौपानेको उम्मेदवारी परेको छ । जसमा दाहाल चौतारी नेतृत्वको प्यानलबाट उम्मेदवार हुन् भने न्यौपाने सेन्टर नेतृत्वको प्यानलका उम्मेदवार हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *