धनगढीका मेयर हमालको थप उपचारको लागि नयाँ दिल्ली रेफर
नेपाल प्रेस
२०८१ मंसिर २२ गते १५:००
कैलाली । जिल्लाको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई थप उपचारको लागि भारतको नयाँ दिल्ली रेफर गरिएको छ ।
हिजो मस्तिष्कको नसामा समस्या देखिएपछि माया मेट्रो अस्पतालको आईसीयूमा राखेर उनको उपचार भइरहेको थियो ।
न्यूरो डाक्टर हरि पौडेलको टीमले उनको उपचार गरिरहेकोमा शनिबार दिल्ली रेफर गरिएको छ ।
स्वास्थ्यमा सुधार नभएपछि दिल्ली रेफर गरिएको माया मेट्रो अस्पतालले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर