केन्द्र सरकारलाई हर्क साम्पाङको पत्रः लौ न तुरुन्त प्रशासकीय अधिकृत पठाइदिनुपर्‍याे – Nepal Press

केन्द्र सरकारलाई हर्क साम्पाङको पत्रः लौ न तुरुन्त प्रशासकीय अधिकृत पठाइदिनुपर्‍याे

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई एक पत्र लेख्दै प्रमुख प्रशासकीय अधिकृत सिघ्र पठाइदिन माग गरेका छन् । पत्रमा ठाडो र बोलिचालीको भाषा शैली प्रयोग गरिएको छ ।

पत्रमार साम्पाङले लेखेका छन्, ‘उपयुक्त सम्वन्धमा धरान उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत कहिले पठाइदिने होला रु यहाँ जनताको काम अड्किएर गाह्रो भइसक्यो । लौन तुरुन्त पठाइदिनुपर्यो ।’

पत्रमा थप भनिएको छ, ‘धराने जनता पनि नेपाली नागरिक नै हुन् । धराने जनताको काम गर्ने प्रमुख प्रशासकीय अधिकृत तुरुन्तै पठाइदिन अनुरोध छ ।’

धरानमा प्रमुख प्रशासकीय अधिकृत केही दिनदेखि खाली छ । गत असारबाट प्रशासकीय अधिकृतका रुपमा भुपेन्द्र राई काजमा आएका थिए । उनी करिब दुई साता अगाडि फिर्ता भएका छन् ।

 


प्रतिक्रिया

One thought on “केन्द्र सरकारलाई हर्क साम्पाङको पत्रः लौ न तुरुन्त प्रशासकीय अधिकृत पठाइदिनुपर्‍याे

  1. Mayor Humdinger ले आफै ऐन कानुन बनाएर आफन्तलाइ प्रशाशकिय अधिकृत नियुक्त्त गर्ने होला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर