नेपाल प्रेसकर्मी भुल पत्रकार महासंघको निर्वाचनमा केन्द्रीय सदस्यको उम्मेदवार – Nepal Press

नेपाल प्रेसकर्मी भुल पत्रकार महासंघको निर्वाचनमा केन्द्रीय सदस्यको उम्मेदवार

काठमाडौं । नेपाल प्रेसका वरिष्ठ संवाददाता केशवबहादुर भुल नेपाल पत्रकार महासंघको यही मंसिर २८ गते हुने निर्वाचनको लागि केन्द्रीय सदस्यमा उम्मेदवार बनेका छन् ।

भुलले देशभरका सबै शाखा तथा प्रतिष्ठानका सदस्यले मतदान गर्न पाउने गरी खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका हुन् । भुल रमेश विष्ट नेतृत्वको विभिन्न ६ संघ संगठन मिलेर बनेको संयुक्त प्यानलबाट उम्मेदवार बनेका हुन् । उनी प्रेस सेन्टर नेपालका सचिव समेत रहेका छन् ।

२०६६ सालबाट पत्रकारिता क्षेत्रमा प्रवेश गरेका भुल करिब १५ वर्षदेखि निरन्तर पत्रकारितामा सक्रिय रहेका छन् । अछामको पहिलो सामुदायिक एफएम रेडियो रामारोशनबाट पत्रकारिता थालेका उनले स्थानीय रेडियो जनप्रिय, रेडियो सोसाइटी, स्थानीय पत्रिका गरेर करिब ६ वर्ष मोफसलमा रहेर पत्रकारिता गरेका हुन् ।

२०७२ सालमा काठमाडौं छिरेका भुलले हिमालय टेलिभिजन, जागरण मिडिया सेन्टर, सामुदायिक सूचना नेटवर्क (सीआईएन), रेडियो नेपाल र अहिले नेपाल प्रेसमा गरेर करिब ९ वर्ष राष्ट्रिय स्तरका मिडियामा काम गरिसकेका छन् ।

भुल अहिले नेपाल प्रेसमा संसदीय मामिला तथा सुशासन र सामाजिक विधामा कमल चलाइरहेका छन् । भुल २०७७ सालमा सम्पन्न नेपाल पत्रकार महासंघको २६ औँ अधिवेशनमा पनि स्वतन्त्र रुपमा खुला केन्द्रीय सदस्यको उम्मेदवार थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर