ओलीविरुद्ध प्रहारमा संगठित अतिवाद, एमाले पंक्तिले किन गर्दैन प्रतिवाद ?
आजको वस्तुस्थिति
राजनीतिक स्थायित्वका निम्ति कांग्रेस-एमालेबीचको सहकार्यसँगै ठहरावको अवस्थाबाट अघि बढ्न लागेको नेपाली राजनीतिलाई लल्याकलुलुक तुल्याउने, एकाएक धुमिल पार्ने र अस्थिरता ल्याउने खेती आरम्भ भएको छ । यो बेमौसमी खेतीमा जलसिञ्चन गर्ने, मलजल गर्ने र उकेरा लगाउने निकटवर्ती छिमेकी शक्तिदेखि लिएर पश्चिमा शक्तिकेन्द्रहरूसम्म सम्पूर्ण तागत लगाएर उभिएका छन् । मेडिकल व्यवसायी एवम् तथाकथित नागरिक अभियन्ता दुर्गा प्रसाईंको गतिछाडापूर्ण अश्लील अभिव्यक्तिमा रमाउने पंक्तिदेखि लिएर सडकबाट न्याय सम्पादन प्रणालीअन्तर्गत संवैधानिक अंगको रूपमा क्रियाशील अदालतसम्मलाई प्रभावित तुल्याउन चाहने जनपरिचालन यसैको सग्लो दृष्टान्त हो ।
यसबीचमा प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तर छिमेकको राजकीय भ्रमण पूरा गरिसक्नुभएको छ । नेपाली बौद्धिक जगतले सम्पन्न ऐतिहासिक भ्रमणका विषयवस्तुलाई लिएर भएको अनर्गल प्रचारबाजी, दक्षिणको बढ्दो अनुचित चासो र अमेरिकी सहायक विदेशमन्त्रीको अप्रत्याशित रूपमा नेपाल भ्रमण राम्रो संकेत होइन । यो पक्षलाई सूक्ष्म ढंगले चिन्न र निर्मम ढंगले चिर्न सक्नुमा नेपाली राजनीतिको सफलता अन्तरनिहित छ । सफलतोन्मुख आजको नेपाली राजनीतिमा एमाले अध्यक्ष राजनेता केपी शर्मा ओलीलाई हो, यहाँनेर खोज्नुपर्छ ।
भारतमा ४५ हजारमा पाइने मोटरबाइक नेपाली बजारमा डेढदेखि २ लाख पर्छ भनेर तर्क अघि सार्नेबाट स्वाधीन र समृद्ध नेपाली राजनीतिको हुटहुटी बोकेका हामी नागरिक सर्वसाधारणको देशभक्तिमा आधारित राजनीतिक प्रणालीको नेतृत्व होला ? वंशगत प्राप्त नेपाली पहिचान लिलाममा धितो बन्धक राखेर देश बाहिरिएको पंक्तिले चाहे जस्तो उपद्रवकारी गतिविधिबाट नेपाली समाजको संरचनागत पक्षले समृद्धिको आकार लेला ? लगानीकर्तालाई हप्कीदप्की गर्नेदेखि लिएर खाएको ऋण तिर्न नपर्ने उर्दी गर्ने पंक्तिबाट अर्थतन्त्रले त्राण लेला ? उघ्रँदो आवरणभित्र देखिने भ्रमयुक्त र भ्रममुक्त हतकण्डाबाट राजनीतिलाई उठाउन जरुरी छ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई हो, यहाँनेर खोज्नुपर्छ, खोतल्नुपर्छ ।
विद्यमान स्थिति
आफ्ना अनुयायीमाझ खप्तड स्वामी भन्नुहुन्छ- राम्रोभित्र नराम्रोमात्र खोतल्ने र नराम्रोभित्र पनि राम्रो कहिल्यै नदेख्ने प्रवृत्तिबाट जोगिन सके जीवनमा कहिल्यै दुःख बेसाउन पर्दैन । नेपालको शहर केन्द्रित समाज यहाँनेर निकै अलमलिएको छ । आमसञ्चारमा प्रकट तिनको मुहार बिम्बलाई पढ्दा सामाजिक नकारात्मक अभिव्यक्ति, टीकाटिप्पणी र तेजोवधमा रमाउने पंक्ति उछिनपाछिन गर्दै जन्मने र बढ्ने क्रममा छ ।
स्वाधीन र समृद्ध राष्ट्र निर्माणको आकांक्षाले अग्रसर विकासप्रेमी प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीको यो नागरिक भेटघाट अभियानलाई तुषारापात गर्न र तुँवालो भर्न तल्लीन केही व्यक्तिले विरोधस्वरुप सडक किनारमा उभिएर चर्को आवाज प्रकट गरे, अश्लील योग्यता सावित गर्न आफूहरूलाई अघि सारे र छिटफुट ठाउँमा काला टाला देखाए ।
भर्खरैमात्र प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो गृहजिल्ला झापा आउनुभयो । निर्वाचन क्षेत्र आधारित नागरिकसँग अन्तरघुलन बढाउनुभयो । कबोल गरिएको योजनाहरू अघि सार्नुभयो । शिलान्यासका क्रममा कतिपय ठाउँमा पुग्नुभयो । कतिपयलाई परियोजनाका रूपमा अघि सार्न कार्यकर्ता पंक्तिमाझ निर्देशन दिँदै एमालेलाई जनताको दुःखसुखको साथी र सारथि बनाउन राय सुझाउनुभयो ।
व्यस्त कार्यतालिकासँगै झापाको गौरादह नगरपालिका वडा नं ४ र ५ अन्तर्गतका ४ हजारभन्दा बढीलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गर्नुभयो । दमक नगरपालिका वडा नं ३ स्थित बेलडाँगी खानेपानी आयोजनाको उद्घाटन गर्नुभयो । यस क्रममा बिजुली, कृषि, सञ्चार, उद्योग र सरसफाइ आदिका परियोजनाहरू लिँदै यसलाई एउटा अभियानकै रूपमा सञ्चालन गर्ने प्रतिबद्धता सार्वजनिक गर्नुभयो । दमक विजनेस टावरको उद्घाटनमात्र होइन, कार्ययोजनाको फेहरिस्त अघि सार्नुभयो । मेचीनगर नपा वडा नं ४ स्थित मानव सेवा आश्रम भवनको शिलान्यास तथा उद्घाटन गर्नुभयो । विकास र निर्माणका आकांक्षा र अपेक्षालाई पूरा गर्न वर्तमान सरकार लागेको तथ्यलाई उजागर गर्दै एमाले कार्यकर्ता पंक्तिलाई भेलामार्फत सम्बोधन गर्नुभयो । भेलामा सहभागीले मौका तस्बिरहरू खिचे, लिए र सामाजिक सञ्जालमा सजाए । यसकारण झापाली हुनुमा गर्वानुभूति अँगाल्दै स्वयंलाई हृदय गदगदको अवस्थामा सम्हाले ।
दुर्भाग्य ! स्वाधीन र समृद्ध राष्ट्र निर्माणको आकांक्षाले अग्रसर विकासप्रेमी प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीको यो नागरिक भेटघाट अभियानलाई तुषारापात गर्न र तुँवालो भर्न तल्लीन केही व्यक्तिले विरोधस्वरुप सडक किनारमा उभिएर चर्को आवाज प्रकट गरे, अश्लील योग्यता सावित गर्न आफूहरूलाई अघि सारे र छिटफुट ठाउँमा काला टाला देखाए ।
विडम्बना ! प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीको यो नागरिक भेटघाटबाट प्रत्यक्ष प्रशस्तै लाभ लिएको, कुम मिलाएर तस्विरहरू खिचेको, सामाजिक सञ्जालमा सजाएको एमाले पंक्ति चुइँक्क बोल्दैन । एमाले अध्यक्ष ओलीकै स्नेहका कारण विगतदेखि वर्तमानसम्म राजनीतिक र राजकीय सेवा सुविधा र लाभ लिएको पंक्ति राम्रोलाई राम्रो र नराम्रोलाई दुत्कार्नयोग्य भाषामा नराम्रो हो पनि भन्न सक्दैन । एमालेको राजनीतिक संगठनमा प्राप्त अमुक तहको तहगत हैसियतअनुसार आफूलाई उतार्न र उत्रँदै गर्दा अनुचित विषयवस्तुविरुद्ध खरो उत्रन र प्रतिवाद गर्न सक्दैन वा चाहँदैन । बरु बिहानैदेखि अबेर रातिसम्म प्रधानमन्त्रीसँग खिचिएपछि तत्कालै सामाजिक सञ्जालमा राखिएको तस्विरमा कति लाइक, कमेन्ट र शेयर आए भनेर गणित केलाउने गर्दछ र आफू केन्द्रित फगत प्रचारबाजीमा रमाउने गर्दछ ।
एमाले अध्यक्ष ओलीकै स्नेहका कारण विगतदेखि वर्तमानसम्म राजनीतिक र राजकीय सेवा सुविधा र लाभ लिएको पंक्ति राम्रोलाई राम्रो र नराम्रोलाई दुत्कार्नयोग्य भाषामा नराम्रो हो पनि भन्न सक्दैन । एमालेको राजनीतिक संगठनमा प्राप्त अमुक तहको तहगत हैसियतअनुसार आफूलाई उतार्न र उत्रँदै गर्दा अनुचित विषयवस्तुविरुद्ध खरो उत्रन र प्रतिवाद गर्न सक्दैन वा चाहँदैन ।
आऔं मिलेर सबैले विरोध गरौं
हामीले किन बुझेनौं, प्रतिपक्ष दलको नेताका रूपमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेपालको राजनीतिमा रहँदै आएको महत्वपूर्ण योगदानलाई हामी जीवित र जागृत वर्तमान पुस्ताले नै बिर्सियौं वा नजरअन्दाज गर्दै गयौं भने राजनीतिक जीवनका राम्रा र हाम्रा मूल्यवान पक्षलाई पुस्ता हन्तान्तरण गर्न सक्दैनौं । दलीय उपस्थिति र नेतृत्वको हिसाबले उहाँको सक्रियताले आर्जन गरेको पदावली कहिले कहाँ रह्यो होला, कहिले कहाँ पुग्यो होला ? तथापि दृष्टिकोणमा सुस्पष्टताकै कारण उहाँको नेतृत्वमा धेरै ठूला राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनहरू सम्भव भएका छन् ।
नेपालको संविधान निर्माणमा भूमिका
एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालको संविधान २०७२ को निर्माण प्रक्रियामा यसको राजनीतिक पक्षको नेतृत्व गर्नुभएको थियो । राजनीतिक परिवर्तनलाई सम्बोधन र व्यवस्थापन गर्नु गराउनुको अर्थसँग अन्तरनिहित उहाँको सक्रियताले देशभित्र मात्र होइन, देश बाहिरका शक्तिहरूसमेत छट्पटाएका थिए, तिलमिलाएका थिए । आज पनि यसको असर र प्रभाव झिल्को बनेर आउने गर्दछ ।
तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाभन्दा कार्यकारी देखिनुभएका उहाँलाई एयरपोर्टबाट सोझै भेट्न घर पुग्नु र आफ्नो अभिरुचिकर पक्षलाई सम्बोधन गरिदिन गर्नुभएको जिकिरले पनि आज हामीले प्राप्त गरेको संविधानलाई ऐतिहासिक संविधानसभाको गर्भबाट निकाल्न राजनेता केपी शर्मा ओलीको भूमिका कति असाधारण थियो भन्ने तथ्यगत पक्षबाट सहजै अध्ययन गर्न सकिन्छ । वस्तुतः उहाँकै राजनीतिक, वैचारिक अडानको प्रतिफलस्वरुप समाजवादी राजनीतिक दलको घोषणापत्र जस्तो संविधान हामीले पायौं । ऐतिहासिक संविधानसभाले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषित गर्दै नयाँ संविधान दियो ।
राष्ट्रिय एकता र स्वाभीमानको प्रवर्द्धन
नेपालको सार्वभौमसत्ताका विषयमा भूमिका अग्राधिकारसहित निरुपण हुन नसकेको प्रश्नका सन्दर्भमा अध्ययन गर्ने देश–दुनियाँ दीक्षितमात्र होइन, चकित छ कि एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालको सार्वभौमसत्ता र स्वाभीमानको रक्षा गर्ने विषयलाई आफ्नो प्राथमिकताको विषय बनाउनुभयो र एक हदसम्म टुंगो लगाएरै छाड्नुभयो ।
नेपालको सार्वभौमसत्ताका विषयमा भूमिका अग्राधिकारसहित निरुपण हुन नसकेको प्रश्नका सन्दर्भमा अध्ययन गर्ने देश–दुनियाँ दीक्षितमात्र होइन, चकित छ कि एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालको सार्वभौमसत्ता र स्वाभीमानको रक्षा गर्ने विषयलाई आफ्नो प्राथमिकताको विषय बनाउनुभयो र एक हदसम्म टुंगो लगाएरै छाड्नुभयो ।
भूकम्पको तहसनहस अवस्थापछि पीडा झेलेको नेपाली समाजलाई आहत होइन, राहत चाहिएको थियो । भयो ठीक उल्टो । अनुचित अर्थ र महत्त्वका साथ भारतले यसबेला लगाएको नाकाबन्दीको समयमा राजनेता ओलीले यसको डटेर सामना गर्नुभयो । सार्वभौम अधिकार सम्पन्न सदनबाटै ‘सत्यमेव जयते कि सिंहमेव जयते’ भनेर गिद्धे दृष्टिकोणलाई सुस्पष्ट भाषा मिश्रित देशभक्तिपूर्ण भावका साथ कडा स्वरमा दुत्कार्नुभयो । आत्मसम्मान बचाइराख्न जीवनको आहुति दिन तयार रहँदै आएको निष्ठाप्रिय नेपाली दाजुभाइहरू कसैको सीमा सुरक्षाका तैनाथी शक्ति होइनन् भनेर फट्कार्नुभयो ।
पारिबाट ग्यास नआए चुल्होमा आगो बालौंला ! औषधि नआए बेसार पानी खाउँला ! पेट्रोल डिजल नआए घण्टौंसम्म पैदल हिडौंला भनेर नागरिकमा ढाडस बाँड्नुभयो । शक्ति सम्पन्न राष्ट्रको बलमिच्याइ र हेंलाजन्य व्यवहारबाट आजित नागरिकको तर्फबाट अथाह साथ र अपार समर्थन पाउनुभयो । प्रकारान्तमा आत्मनिर्भरताको अभियान चलाउँदै वैरीविरुद्ध आँधीहुरी सिर्जना गर्नसक्ने राष्ट्रिय एकताको भावनालाई बलियो बनाउनुभयो र यसको मियो भागमा आफू उभिनुभयो ।
अन्तर्राष्ट्रियसँगको सम्बन्ध सुधारक
नेपाली राजनीतिलाई ओल्टोकोल्टो हुन नदिनेदेखि लिएर आफूले चाहेअनुसार ओल्टोकोल्टो हाल्न सक्ने बलियो सिरानी भएर बसेको भारतले नेपालको भूराजनीतिलाई ल्यान्ड-लक बनाएको थियो । प्रधानमन्त्रीको रूपमा एमाले अध्यक्ष केपी शर्मा ओली आउनुभएसँगै यो अहिले ल्यान्ड-लिंक भएको छ । भर्खरै अघिमात्र सम्पन्न उत्तर छिमेक चीनको भ्रमण र यसले पाएको अन्तर्राष्ट्रिय महत्त्वले पनि यसलाई थप पुष्टि गरेको छ । चीनसँग भएका धेरै सम्झौताहरुमध्ये ट्रान्जिट एग्रिमेन्ट यसको महत्त्वपूर्ण र रणनीतिक महत्त्वको पक्ष हो, जसले नेपालको भू-आबद्धता एकातर्फ तोड्ने र अर्कोतर्फ जोड्ने काम गरेको छ । सोझो अर्थमा अब दुनियाँसँग नेपालीको पहुँच बढेको छ । आत्मसम्मान बढेको छ । सबै छिमेकी राष्ट्रहरूसँग पनि सन्तुलित कूटनीतिक सम्बन्ध कायम रहने भएको छ । यसको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नुभयो ।
पिंजडाको पक्षीले खान पिउन पाएको होला, तर उसलाई पराधीनताका कारण स्वतन्त्र जीवन र स्वेच्छिक आहारबिहार अभाव महसुस हुन्छ नै । यस्तै दमित मानसिकता हामीमा थियो । अब यो हटेको छ । भयावह लाग्ने यो एकोहोरो कालो र अँध्यारो बादल फाटेको छ । यही कुरा कतिपयलाई जचेको छैन, पचेको छैन । कतिपयका त दानापानी नै बन्द भएका छन् । जवाफविहीनताको अवस्थाले सडकमा पछारेको छ, लतारेको छ र घिसारेको छ ।
चीनसँग भएका धेरै सम्झौताहरुमध्ये ट्रान्जिट एग्रिमेन्ट यसको महत्त्वपूर्ण र रणनीतिक महत्त्वको पक्ष हो, जसले नेपालको भू-आबद्धता एकातर्फ तोड्ने र अर्कोतर्फ जोड्ने काम गरेको छ । सोझो अर्थमा अब दुनियाँसँग नेपालीको पहुँच बढेको छ । आत्मसम्मान बढेको छ । सबै छिमेकी राष्ट्रहरूसँग पनि सन्तुलित कूटनीतिक सम्बन्ध कायम रहने भएको छ ।
पूर्वाधार र विकासका परियोजनाकार
प्रधानमन्त्री बन्नुभएसँगै ओली नेतृत्वको सरकारले असाधारण महत्त्व राख्ने ठूला र दीर्घजीवी विकास परियोजनाहरू अगाडि बढाउनुभयो । काठमाडौं केन्द्रीकृत नेपालको शासकीय सत्तालाई राजनीतिक प्रणालीका हिसाबले मात्र होइन, जनजीवन व्यवस्थापनका ठाउँबाट पनि यथोचित सम्मान, सम्बोधन र व्यवस्थापन गर्न काठमाडौं-तराई द्रुतत्तर मार्ग, ठूलो भारवहन क्षमता धान्न नसक्ने काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल शिलान्यास, उद्घाटन र कार्यारम्भ उहाँको नेतृत्वमा सम्पन्न भए । काकाकुल बनेको राजधानीवासी जनजीवनलाई मेलम्ची खानेपानी आयोजनाको कार्यान्वयन उहाँकै पालामा र अग्रसरतामा सम्पन्न भयो । यी परियोजनाहरूले मुलुकको विकासमा अथाह महत्त्व राख्दछन् र महत्त्वपूर्ण भूमिका खेलेका छन् ।
राजनीतिक स्थिरता कायम
नेपालको विकासले उल्लेख्य फड्को मार्न नसक्नुको पछाडि राजनीतिक अस्थिरता प्रमुख पक्ष हो । स्थिरता जरुरी थियो । एमाले अध्यक्ष ओलीले जनमत प्राप्त ठूला राजनीतिक दललाई एक ठाउँमा ल्याएर विकास र निर्माणका मुद्दामा सँगसँगै उभ्याएर राजनीतिक स्थिरता दिने कामको अगुवाइ गर्नुभएको छ । विगतमा नेकपा माओवादी केन्द्रसँग सहकार्य र कम्युनिष्ट एकताको प्रयास पनि यसकै उजप थियो । यद्यपि राजनीतिक वैचारिक गन्तव्य निर्क्योल अवस्था अभाव र केही नेतृत्वमा पलाएको चरम पदमोह र पदाशक्तिका कारण यो धेरै टिक्न सकेन ।
भौगोलिक संरचना रक्षक
संविधानसभाभित्र संघीय संरचना निर्माणको बहस चलिरहँदा १४ वटा प्रदेश निर्माणतर्फ लालायित बहसहरू सडकमा छताछुल्ल थिए । यो मौलिक मुद्दा थिएन, आयातित थियो । आमरूपमा जनचाहना थिएन । जनताको सामर्थ्यले भ्याउन सकिने थिएन । एमाले अध्यक्षले बेलैमा यसलाई बुझ्नुभयो र अहिले कायम प्रदेश संरचनामा संघीयता आइपुग्यो ।
योबाहेक प्रधानमन्त्री रहनुभएकै बेला ओलीको नेतृत्वको सरकारले नेपालको नयाँ राजनीतिक नक्सा सार्वजनिक भयो । यसमा इतिहासको लामो समयदेखि गुमनाम कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरिए । उहाँको यो कदमले नेपालको राष्ट्रियताका विषयमा उठेको प्रश्नको निरुपण हुँदै जाने स्थिति विकास भयो, परिवर्तित जनभावना संगठित भयो र दबिएको मानसिकतालाई उठाउन ठूलो भूमिका खेलेको छ ।
सामाजिक तथा आर्थिक सुधारक
प्रधानमन्त्रीका हैसियतमा एमाले अध्यक्ष केपी शर्मा ओलीको पहिलो उपस्थितिमै आधारभूत स्वास्थ्य, शिक्षा, रोजगारी र सामाजिक सुरक्षाका क्षेत्रमा असाधारण सुधारोन्मुख कार्यारम्भ गर्नुभयो । यसमार्फत साख गुमेको अर्थ व्यवस्थालाई सुदृढ र समुन्नत तुल्याउन आर्थिक वृद्धिका लागि आत्मनिर्भर अर्थतन्त्रको खाका अघि सार्ने काम गर्नुभयो, हाम्रा दैनन्दिन व्यवहारमा देखिएकै छ । एउटा व्यक्तिबाट यति धेरै सकारात्मक योगदानहरू प्राप्त भएका छन् । यसलाई सम्मान गर्नु, सम्झनु र परस्पर सम्प्रेषण गर्न सामाजिक सञ्जालमा सल्बलाएको पंक्ति चाहँदैन । जसको अटल विश्वास र हिमाल झैं अग्लो दृढ संकल्पले नेपाली राजनीतिमा नयाँ सोच विकास गरेको छ र राष्ट्रिय स्वाभीमानको मुद्दामा फड्को मार्ने काम गरेको छ, उहाँप्रति सम्मान गरौं । सम्मानको संस्कृति हाम्रा लागि मात्र होइन, हाम्रो भूमिकाको प्रतिफलस्वरुप विकसित आउँदो पुस्ताका लागि समेत प्रेरणादायी हुनेछ ।
ओलि र एमालेको बिरूद्व चुईक्क बोल्नेलाई ठाउँको ठाउँ प्रतिवाद गरेर ठिक पारौं । जसले जे भन्दा पनि चुप लाग्ने होईन कि सशक्त प्रतिकार गरौं ।जाई नलाग्नु आईलाग्नेलाई नछोडनु ।
सही आलेख ! अहिलेको एमाले पंतिले पार्टी नेतृत्व माथिको आक्रमण भनेको पार्टी माथिको आक्रमण हो भन्ने बुज्दैन लाभको पद पार्टीका पद लिन गणेश प्रवृति जान्दछ ,प्रतिबाद गर्न गहिरो अध्यन गर्नुपर्यो नलेज हुनु पर्यो विश्लेषण गर्नुपर्यो सुचना सश्लेषण गरेर सहि गलत छुट्टाउन सक्नु पर्यो गोयवल्स शैली प्रयोग गरेर प्रहार भएकोछ फेसबुक हेरेर माइण्ड सेट गर्ने प्रवृतिले त प्रतिबाद होइन त्यतै लहसिने बनाउछ अव यो बुझ्ने कसले ? बुझाउने कसले ?
बहुत सही बिचार ! पार्टी नेतृत्वले गरेका यतिका गर्बिला कामहरु छन् त्यसकाे पक्षमा वकालत गर्ने र बेतुका गालिगलाैज गर्नेहरुका बिरुद्ध प्रतिबाद नगर्ने हाे भने पार्टी सदस्य वा शुभचिन्तक हुनु बेकार छ !
यो पत्रकार हो कि एमाले भक्त ? राजा ज्ञानेन्द्र पालमा एक जना सञ्चार मन्त्रि ढकाल थर गरेका एक जनाले थिए । जसले राजा ज्ञानेन्द्र भक्तीगान गाउथे उनलाई पनि भक्तीगानमा यि पत्रकारले जितेछन् । केपिबाट राम्रै पदक पाउनेछन् ।
दुर्गा प्रसाईँलाई गतिछाडा बोल्ने भन्यौ तर दुर्गा प्रसाईंभन्दा कम गतिछाडा ओली छैनन् बोल्न पाउँदा यिनले जे पनि बोलेका छन् ।
चीनको भ्रमण राजकीय भन्यौ राजकीय भ्रमणका विशेषताहरु के के हुन् जानेनौ यो त मागी भ्रमण मात्रै हो उपलब्धिबिनाको ।
बैंकको ॠण माफ गर्न सकिँदैन यस्तो नपुग्ने कुरा किन बोलेको भन्यौ एमालेले सुकुम्बासीलाई घरघडेरी, चार बिघा जग्गा, घरघर रोजगार जस्ता नारा दिंदा किन ताली बजायौ के ती पुग्ने नारा थिए ?
ओलीलाई काला टाला किन देखाए त्यसको उत्तर कालोटालो देखाउन कसले सिकायो त्यसलाई सोध एमालेले देखाएको ठिक अरुले देखाएको बेठिक हुँदैन ।
नेपालको राजनैतिक नक्सा ओलीले कायम गरे भन्यौ तर नेराबैंकले आवश्यकता हुँदाहुँदै रु १०० को नोट छाप्न किन सकेको छैन यो बारे प्रष्ट पार । हल्ला अर्कै चल्दैछ ।
मौका मिलेमा र सौहार्द्रपूर्ण वातावरणमा छलफल गर्ने भए कुनै दिन सँगै बसौंन है ।
-063-र 080 मा लाखौं विदेशीलाई नागरिकता बाँड्दा किन मौन सहमति जनायो?
– जनताले नचाहेको आयातीत संघीयता किन लादेको?संघीयता घटाउने या हटाउने के छ योजना?
– विश्व पहिचान बोकेको हिन्दू राष्ट्र खारेजी गरेर नेपाली के पाए?
– सिमामा BOP विस्तार कहिलेसम्म होला?
– निर्वाचन क्षेत्र घटाउने र निर्वाचन प्रणाली फेर्ने काम कहिलेसम्म होला?
– कम्युनिस्ट पार्टी भएर भ्रष्टाचारका विरुद्ध खरो रुपमा किन उत्रिदैन?
– नेतृत्वको उच्च जीवनशैली पारदर्शी हुनु पर्दैन?