महुली लघुवित्तले एफपीओ निष्काशन गर्ने – Nepal Press

महुली लघुवित्तले एफपीओ निष्काशन गर्ने

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्काशन (एफपीओ) ल्याउने भएको छ । संस्थाले पुस ५ गतेदेखि एफपीओ निष्काशन गर्ने भएको हो ।

संस्थाले कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत पुर्‍याउनका लागि एफपीओ निष्काशन गर्न लागको जनाएको छ । ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको ४ लाख ७५ हजार ४४९.१५ कित्ता शेयर निष्काशन गरिने भएको छ । जसको मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ ।

संस्थाको एफपीओमा पुस ९ गतेसम्म आवेदन दिन सकिनेछ । एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्म आवेदन दिन पाइन्छ । एफपीओ निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर