नेप्सेमा ४५.८८ अंकको सुधार, ५ अर्ब ५ करोडको कारोबार
नेपाल प्रेस
२०८१ मंसिर २६ गते १५:४४
काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उच्च अंकको सुधार भएको छ । आज नेप्से ४५.८८ अंकले बढेर २ हजार ७ सय १५ दशमलव ७१ विन्दुमा बन्द भएको हो ।
नेप्सेका अनुसार आज ५ अर्ब ५ करोड ६ लाखको कारोबार भएको छ । आजको कारोबारमा २१२ कम्पनीको शेयर मूल्य बढ्दा २८ को घट्यो । ३ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
खानीखोला हाइड्रोपावर कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतले घटेको छ । जानकारी फाइनान्स लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ३६ करोड १५ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर