भोलि र पर्सि हुने कार्यशाला उपलब्धिमुलक बनाउन तयारीमा जुट्ने निर्णय – Nepal Press

भोलि र पर्सि हुने कार्यशाला उपलब्धिमुलक बनाउन तयारीमा जुट्ने निर्णय

काठमाडौं । नेकपा एमालेको केन्द्रीय संगठन विभागले भाेलि र पर्सि  केन्द्रीय कार्यालय च्यासलमै आयोजना गरिएको ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक राष्ट्रिय कार्यशालालाई उपलब्धिमुलक बनाउने गरी तयारीमा जुट्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयमा आज बसेको केन्द्रीय संगठन विभागको २० औं बैठकले  कार्यशालालाई उपलब्धिमुलक बनाउने गरी तयारीमा जुट्ने  निर्णय गरेको हो । विभाग प्रमुख काशीनाथ अधिकारीको अध्यक्षतामा बसेको बैठकमा १५ जना सदस्य उपस्थित थिए ।

केन्द्रीय संगठन विभागद्वारा आयोजना गरिएको उक्त कार्यशालामा जिल्ला कमिटी र प्रदेश कमिटीका अध्यक्ष, सचिव र संगठन विभागका प्रमुख, प्रदेश कमिटीबाट थप दुई जना महिला कमरेडहरु, जनसंगठनका केन्द्रीय अध्यक्ष र महासचिव तथा महानगर र उपमहानगरका निर्वाचित मेयर र उपमेयर गरी ३१५ जनाको सहभागिता रहनेछ ।

कार्यशालाको प्रमुख अथिती पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री के पी शर्मा ओली हुनेछ भने बरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल, उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल र महासचिव शंकर पोखेल कार्यशालामा सहभागी सचिव माधव ढुंगेलले जानकारी दिए ।

त्यसैगरी बैठकले २०८१ का लागि नवीकृत भएका पार्टी सदस्यहरुको संगठन विभागबाट प्रमाणीकरण गर्ने अन्तिम समयसिमा तोकेको छ । अधिकांश जिल्लाले केन्द्रीय संगठन विभागबाट प्रमाणिकरण गराइसकेका छन्  ।

बाँकी केही जिल्लाहरुको नवीकृत सदस्यहरुको विवरण र तत्सम्बन्धि केन्द्रलाई चुक्ता गर्नुपर्ने रकम प्रदेश कमिटीका कार्यालयमा पुगिसकेको तर केन्द्रमा पठाइनसकेकाले प्रदेश कार्यालयले मंसिर ३० गतेभित्र पठाएका नवीकृत सदस्यहरुको मात्र केन्द्रीय संगठन विभागबाट प्रमाणिकरण गरिने बैठकले निर्णय गरेको छ। प्रमाणिकरणको लागि बैठकले मंसिर मसान्तलाई कट अफ डेट बनाउने निर्णय गरेको छ ।

पार्टीको वैधानिक व्यवस्था अनुरुप आगामी फागुन चैतमा २०८२ का लागि पार्टी सदस्यता नवीकरण सम्पन्न गर्नुपर्दछ । त्यसका लागि नवीकरण योग्य सदस्यहरुको सम्परिक्षण गर्ने र निर्णयगर्ने काम पार्टी जिल्ला कमिटीले माघ महिना भित्रै गरिसकेको हुनुपर्ने बताएका छन्। फागुनचैतमा सम्पन्न गरिने यसपटकको नवीकरण रिर्पोट अनिवार्य रुपमा पूर्णतः अनलाइनमा पठाउनुपर्ने निर्णय पनि बैठकले गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर