बामदेवजीले फोन गरेर राजीनामा गर्न भन्नुभो, मैले हस हजुर भनेँ : ओली (भिडिओ)
स्वकीय सचिव भन्ठानेर ओलीसँग पड्किए वामदेव !
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वएमाले नेता वामदेव गौतमसँग फोनसंवादको एउटा रमाइलो किस्सा सुनाएका छन् । ओलीका अनुसार आजै उनलाई फोन गरेर गौतमले पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने बताए ।
आफूलाई राजेश ब्रजाचार्य (स्वकिय सचिव) सम्झिएर वामदेव पड्किएको ओलीले सुनाए । एउटा फेक भिडिओ हेरेर वामदेव जंगिएको उनको भनाइ छ ।
‘एआइको जमाना छ, के के कुराहरु तोडमोड भएर आउँछन् पत्तो हुँदैन,’ ओलीले भने, ‘एउटै चिज बोल्या छ, यता कटायो उता कटायो ल्याएर जोड्यो, कस्तो लाज नभएको होला ।’
त्यसपछि उनले सुनाएको वामदेवको किस्साः
‘अहिले भर्खर गाडीमा आउँदै थिए, वामदेवजीको फोन आयो । फोन राजेशसँग थियो, वामदेवजीको नम्बर देखेपछि मैले उठाएर हेलो भनेँ । कुरा गर्दै गइयो । उहाँले भन्नु थाल्नुभयो– मदन भण्डारी कांग्रेसले मारेको हो, मलाई पहिले नै थाहा थियो, तर म चुप लागेँ… कांग्रेसले मार्छ भन्ने थाहा थियो, कांग्रेसले मार्या हो भन्ने पनि थाहा थियो, तर अब म बुढो भइसकेँ, जेसुकै भए पनि केही छैन, त्यसैले म सबै कुरा भन्दैछु भनेर… सबै मेरै स्वरमा छ । कुराको अन्तिममा त… तिम्रो ठुलोबालाई भन्देउ, प्रधानमन्त्रीबाट पनि राजीनामा गर्न भन्देउ, अध्यक्षबाट पनि राजीनामा गर्न भन्देउ । यस्तो भनेर पड्किनुभो । हस हजुर भनेँ । अब के भन्नु । हस म भन्दिउँला भनेँ । फोन राखेँ ।
उहाँलाई समेत भ्रम पर्ने गरी…भ्रम त पर्नु नपर्ने हो किन भने वामदेव गौतमजी र म …त एउटै विचारमा नङ र मासु जसरी एउटै यात्रामा हिँडेका साथी हौं । अहिले उहाँलाई के केले छोयो के के भयो म भन्न सक्दिनँ । उहाँले मेरो आवाज युट्यूवमा बोलेको चिन्नुभो, तर म उहाँसँग कुरा गरिराख्या छु, त्यो चाहीँ चिन्नुभएन । कांग्रेस र मेरोबीचमा लडार्इं लगाउने हिसाबले कसैले त्यस्तो भिडिओ बनायो होला ।’
बहुमत ल्याएर एमालेले देशको मुहार फेर्ने सम्भावना प्रबल भएको समयमा बिना कारण एमाले फुटाउने बामदेव हुन् । यसैबाट सिद्व हुन्छ कि उनी कसैका एजेण्ट हुन् । पछि लाज पचाएर एमालेमा आउछु भने । एमालेले हुन्छ भन्यो अनि आए । त्यतिबेला एमालेले ठूलो भूल गर्यो बामदेव कसैका एजेण्ट हुन संगिन घडीमा फेरि धोखा दिन्छन् भनेर नचिनेर । उनले आफूलाई सुम्पिएको जिम्मेवारी पूरा गरे, माधव र प्रचण्डसँग मिलेर पार्टी फुटाएर । अब यिनलाई एजेण्ट नियुक्त गरेकालाई के लाग्यो होला भने अहिले कुनै हिसाबले यस्ता फण्डा बाहिर ल्याईदियो भने बामदेव पडकिन्छन र केही दिन ओलिलाई गाली गर्ने मसला पाईन्छ भनेर। बामदेव न हुन् बुझ्दै नबुझी गरे त्यहि । बामदेव र भिम रावल एमाले भएको दिन एमाले सकिन्छ । अब सरकारले कसले ओलिको बोली बनाएर त्यस्ता भिडियो बनायो छानबिन गरेर कारवाही कडैसँग गर्नुपर्छ ।प्रविधिको गलत प्रयोग गरि कसैको भाडाको टट्टु बनेर यस्ता भिडियो बनाउने, सामाजिक सञ्जालमा जथाभावि बोल्नेलाई देखिने गरि कडा कारवाही गर्न थालौं । नत्र समाज अराजकतातिर गैसक्यो । शुरूवात दुर्गा प्रसाईबाटै गरौं ।त्यस्ता फटाहाहरू विदशमा बसेको छ भने पनि झिकाएर ठेगान लगाओै ।नभए यस्ता फटाहाहरू हौसिरहेका छन् ।