क्याच छोडेपछि लामो इनिङ खेल्ने विश्वास पलायो– बसिर (भिडिओ)
काठमाडौं ।विराटनगर किङ्सको जितमा अलराउण्डर प्रदर्शन गरेका बसिर अहमदले अघिल्लो खेलमा हारेकाले आज धेरै राम्रो गर्छु भनेर खेलेको बताएका छन् ।
चितवन राइनोजविरुद्ध जित निकालेपछि विराटनगरका बसिरले शुरुमा नै विकेट गएकाले ठूलो स्कोर बन्छ भन्ने नलागे पनि समय लिएर खेल्ने उद्देश्य रहेको उल्लेख गरे ।
उनले काठमाडौं गुर्खाजविरुद्धको अन्तिम खेलमा जित निकाल्ने लक्ष्यसहित खेल्ने बताए । आफ्नो क्याच छोडे पनि आज लामो इनिङ खेल्छु भन्ने विश्वास पलाएको उल्लेख गरे । उनले आजको खेललाई आफ्नो करियरका खेलमध्ये राम्रो बन्न सकिने बताए ।
चितवन राइनोजका रिजन ढकालले पहिलो इनिङदेखि खेलपछि परेको उल्लेख गरेका छन् । बलिङ गर्दा राम्रो शुरुवात दिलाए पनि त्यसलाई
सदुपयोग गर्न नसक्दा हार व्यहोर्नुपरेको उनको भनाइ छ । उनले यी हारका बाबजुद पनि प्लेअफ सम्भावना रहेको उल्लेख गरेका छन् । उनले बसिरको क्याच छोड्नु नै टर्निङ पोइन्ट रहेको बताए ।
नेपाली खेलाडीहरूले आफ्नो जिम्मेवारी अनुरूप पनि नखेल्दा पछाडि परेको रिजनको बुझाइ छ । टिमको जित नभएसम्म आफ्नो प्रदर्शनबाट सन्तुष्ट नहुने उल्लेख गरेका छन् । अन्तिम खेलमा जित्नका लागि आपूmले धेरै मिहिनत गर्ने उनी बताउँछन् ।