पत्रकार महासंघ कास्कीको अध्यक्षमा माधव बराल निर्वाचित
पोखरा । नेपाल पत्रकार महासंघ कास्की शाखाको अध्यक्षमा माधव बराल निर्वाचित भएका छन् । शनिबार बिहान सकिएको मत गणनाअनुसार राजेन्द्र अधिकारीलाई ९ मतले पराजित गर्दै बराल अध्यक्ष निर्वाचित भएका हुन् । बरालले एक सय ५ र अधिकारीले ९६ मत पाए ।
अध्यक्षसहित पदाधिकारी र सदस्यमा पनि बरालको प्यालन निर्वाचित भएको छ । उपाध्यक्षमा ९० मत प्राप्त गर्दै माधव रेग्मी निर्वाचित हुँदा श्रीराम सिग्देलले ७७ र कमल पौडेलले ३५ मत पाए ।
उपाध्यक्ष (महिला) मा कञ्चन थापा, सचिवमा भुपाल गुरुङ, सहसचिवमा मधु अधिकारी र सहसचिव समावेशीमा धनबहादुर गुरुङ निर्वाचित भए । कोषाध्यक्षमा राजाराम पौडेल निर्वाचित हुँदा कविता घर्तिमगर सदस्य (महिला) र सुरेश सुनार सदस्य (दलित) निर्वाचित भए ।
खुला सदस्यमा अर्जुन गाहामगर, गौरव त्रिपाठी, बालकुमारी पौडेल, राजु गिरी, सन्तोष सुवेदी, रिखिराम जिसी, तुलसीराम सुवेदी, निराजन अधिकारी र पुष्पराज दाहालले निर्वाचित हुन सफल भए ।
बरालसहितको प्यालन कास्कीमा प्रेस चौतारी नेपाल र प्रेस युनियन नेपालले गठबन्धन गरेर निर्वाचनमा होमिएका थिए । राजेन्द्रले पनि प्रेस सेन्टर, समाजवादी प्रेस संगठनसहितसँग गठबन्धन गरेका थिए ।