निर्माण व्यवसायीहरुको भुक्तानी गर्न सरकारले ध्यान दिएन्ः अध्यक्ष सिंह
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरुको भुक्तानी गर्न सरकारले ध्यान नदिएको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १५ औँ वार्षिक साधारण सभा एंवम् सातौँ महासभामा बोल्दै अध्यक्ष सिंहले अर्थमन्त्रीले निर्माण व्यवसायीहरुले भुक्तानीको लागि कुनै समस्या नहुने बताएपनि सरकारले यस क्षेत्रलाई समस्यामा पार्न खोजेको बताएका हुन् ।
उनले नेपाली नागरिकले विदेशी मुलुकमा गएर रेमिटेन्स मार्फत अर्थतन्त्र चलायमान गराउने प्रयास गर्दा पनि आन्तिरक अर्थतन्त्र अझैपनि चलायमान हुन नसकेको बताए ।
उनले भने,’हामीले हाम्रो समस्याको बारेमा मन्त्रालयलदेखि अन्य सरकारी निकायहरुमा भेटघाट गर्दा समस्याहरुको समाधान गर्ने आश्वसन दिएपनि हाम्रो भुक्तानी भएको छैन् यसमा सरकारले तत्काल ध्यान दिन आवश्यक छ ।’
अध्यक्ष सिंहले सञ्चारकर्मीहरुलाई प्रेरित गर्न आवश्यक रहेकाले महासंघले समेत विभिन्न समयमा संञ्चारकर्मीहरुलाई सम्मान गर्दै आएको बताए । उनले राष्ट्र बैंकको मौद्रिक नीतिले मुलुकको अर्थतन्त्र चलायमान बनाउने काम नगरेको दाबी गरे ।
उनले निर्माण व्यवसायीहरुले समयमा नै कर्जाहरु तिर्न नसक्दा प्रायाप्त मात्रामा काम गर्नको लागि अहसज भएको बताए । उनले सरकारको नीतिहरुका कारण मंसिरपछि ९० प्रतिशत व्यवसायीहरु पलायन हुनुपर्ने बाध्यता आएको बताउँदै तत्काल भुक्तानी गर्न माग गरे ।