कोरियाका राष्ट्रपतिविरूद्धको महाभियोग प्रस्ताव पारित
नेपाल प्रेस
२०८१ मंसिर २९ गते १४:०१
काठमाडौं । दक्षिण कोरियाको राष्ट्रिय सभाले राष्ट्रपति युन सुक योएललाई महाभियोग लगाउने प्रस्ताव पारित गरेको छ।
राष्ट्रपतिले मार्शल लको घोषणा गरेको कारण उक्त प्रस्ताव ल्याइएको हो। सत्तारूढ पिपल पावर पार्टीका सांसदहरूले पनि उनको पदमुक्तिको पक्षमा मतदान गरेपछि यो प्रस्ताव पारित भए सँगै उनी निलम्बित भएका छन् ।
यसअघि पनि विपक्षी दलले महाअभियोग प्रस्ताव पेश गरेपनि पारित भएको थिएन । यसपटक सत्तारूढदलका सांसदहरूले पनि प्रस्तावको पक्षमा मत दिए पछि पारित भएको हो।अब सवैंधानिक अदालतले अन्तिम किनारा लगाउनेछ।
प्रतिक्रिया
सम्बन्धित खवर