नर्सिङ सङ्घमा एमाले निकट चन्द्रकला शर्माको प्यानलै निर्वाचित – Nepal Press

नर्सिङ सङ्घमा एमाले निकट चन्द्रकला शर्माको प्यानलै निर्वाचित

काठमाडौं । नेपाल नर्सिङ सङ्घको निर्वाचनमा एमाले निकट प्राध्यापक चन्द्रकला शर्माको प्यानलै निर्वाचित भएको छ ।
२०औँ केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचनमा अध्यक्ष पदमा शर्माले २१५० मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी बनेकी गङ्गा कुमारी थापाले १ हजार ३७० मत मात्रै प्राप्त गरिन्।
यस्तै अध्यक्ष पदको अर्को उम्मेदवार वसन्ती थापाले २८२ मत मात्रै प्राप्त गरिन् ।
यसैगरी सङ्घको वरिष्ठ उपाध्यक्षमा रमेश सुब्बा विजयी भएका छन् । सुब्बाले २ हजार ६० मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी कल्पना श्रेष्ठ जोशीले १ हजार ५९७ मत पाइन् ।
यसैगरी उपाध्यक्षमा बबिता घिमिरे २ हजार ११ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी मनीषा कोइरालाले भने १ हजार ५७० मत पाइन् ।
यस्तै सङ्घको महासचिवमा डा। देवका कुमारी आचार्य १हजार ७३३ मतसहित निर्वाचित भएकी छिन् । उनका प्रतिस्पर्धीहरू मिना कुमारी कार्कीले १ हजार ३४७ मत र जानकी धामीले ६२२ मत पाइन् ।
सचिवमा भने वेली पौडेलले बाजी मारेकी छिन् ।  यसैगरी सङ्घको कोषाध्यक्षमा तुलसादेवी अधिकारी निर्वाचित भइन् ।
यस्तै खुल्ला केन्द्रीय सदस्यमा शर्मा प्यानलकै मेनुका पोख्रेल २ हजार ८८ मतसहित विजयी भएकी छिन् भने उनका प्रतिस्पर्धी सानु कुमारी विष्ट १ हजार ५८१ मत मात्र ल्याइन् ।
आदिवासी जनजातितर्फ भने सङ्घमा कला बस्याल र गुरुङ र हरिसप्रसाद कोजु विजयी भएका छन् ।   दलित सदस्यमा कोपिला विश्वकर्मा  निर्वाचित भइन् ।
यस्तै मधेसी र मुस्लिम सदस्यतर्फ पासपति जयसवालले २ हजार २६ मत र सवेनाज वेगमले २ हजार ३५ मत ल्याएर निर्वाचित भएका छन् । उनीहरूका प्रतिद्वन्द्वी अन्जु ठाकुरले १ हजार ६२६ मत र जाफ्रे आलम अन्सारीले १ हजार ५९८ मत मात्रै पाए ।
यसैगरी सङ्घको अनमीतर्फ जानु मोक्तानले २ हजार ७० मत र शान्ति कुमारी विश्वकर्माले २ हजार ६२ मत ल्याएर निर्वाचित भएका छन् । उनीहरूका प्रतिस्पर्धी सफला बुढाथोकीले १ हजार ६२० मत र सीता कुमारी प्याकुरेलले १ हजार ५१८ मत मात्र ल्याइन् ।
यता, नेपाल नर्सिङ परिषद्‌ सदस्यमा भने  राजदेवी अधिकारी घिमिरे  सुमिता पाठक र राधा देवी आचार्य निर्वाचित भएका छन् ।
No description available.

प्रतिक्रिया

2 thoughts on “नर्सिङ सङ्घमा एमाले निकट चन्द्रकला शर्माको प्यानलै निर्वाचित

Leave a Reply

Your email address will not be published. Required fields are marked *