चिनियाँ कम्युनिस्ट पार्टीको उदाहरण दिँदै एमालेमा ओलीले औँल्याएका तीन प्रवृत्ति (भिडिओ)
सही विचार र नेतृत्वको पक्षमा उभिन निर्देशन दिँदै अध्यक्ष ओलीले भने- आफूलाई जे लाग्यो त्यही सही भनेर कुद्यो भने पार्टी बिग्रन्छ
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अहिले तीन खाले प्रवृत्ति देखिएको चित्रण गरेका छन् ।
केन्द्रीय संगठन विभागले आयोजना गरेको राष्ट्रिय कार्यशाला भेलालाई आइतबार सम्बोधन गर्दै अध्यक्ष ओलीले सही विचारमा अडिने र त्यसलाई अघि बढाउने इमानदारी चाहिने बताए ।
चीनमा ९ करोड पार्टी सदस्यहरू एउटै नेतृत्वको वरिपरि गोलबद्ध रहेको भन्दै अध्यक्ष ओलीले आफूलाई जे लाग्यो त्यही सही हो भनेर कुद्यो भने पार्टीलाई एकताबाट टाढा लैजाने बताए ।
अध्यक्ष ओलीले भने- अहिले पार्टीमा केही प्रवृत्ति देखिएका छन् । पार्टीमा भोटो फटाएको तर नेतृत्व दिन नसक्ने, अर्को भनेको विमति जनाउने तर सही बाटो के हो त्यो पहिल्याउन नसक्ने । असहमति राखेर आफूलाई कुछ हौँ भन्ने पृथक् देखाउन खोज्ने प्रवृत्ति । प्रतिक्रियावादी शक्तिले त विभाजन गर, अन्तर्विरोध पैदा गरेर राज गर भन्ने नीति नै हो ।
ओलीले सबै ठाउँको अन्तर्विरोध मुख्य नेतृत्वले हल गरिदिन नसक्ने र नपर्ने भन्दै सही विचारका आधारमा त्यसका अनुयायीहरूले मिलाउनुपर्ने बताए ।
ओलीले भने- पुष्पलालले सही विचार लिएर हिँड्नु भए पनि त्यसबेला पार्टीमा सहमति जुटाउन सकेनन् भन्छौँ । पुष्पलालले सकेनन् भनेर हुन्न,हामीलाई मार्क्सवादी बनाउन कार्ल मार्क्स आफैँ नेपाल आएका थिए ? हामीलाई मार्क्सवाद पढाउन लेनिन, एंगेल्स कोही आएका थिए रु त्यसैले सही विचारलाई र नेतृत्वलाई अघि बढाउन कोही आउन पर्दैन ।