अन्ततः औपचारिकरुपमै फुट्यो ज्योति ग्रुप, पद्म ज्योतिले बनाए अलग्गै समूह
काठमाडौं । लामो समयको विवादपछि अन्ततः औपचारिकरुपमै ज्योति ग्रुप अलग भएको छ । सय वर्षभन्दा पुरानो यो ग्रुप अन्ततः दुई व्यावसायिक समूहकारुपमा विभाजन भएको हो ।
यो समूहमा लामो समयदेखि कलहमा थियो । कम्पनीको नेतृत्व र सम्पत्ति बाँडफाँडको विषयलाई लिएर दाजुभाइ पद्म ज्योति र रूप ज्योतिबिच विवाद भएको हो ।
आइतबार पद्म ज्योतिले औपचारिकरुपमै अलग भएको जानकारी दिँदै अलग्गै समूह घोषणा गरेका छन् । नयाँ व्यावसायिक समूह पद्म ज्योतिले नयाँ लोगो सहित छुट्टै समूह सार्वजनिक गरेको छ । उनले आफू पद्म ज्योति समूह घोषणा गरेका हुन् ।
यस समूहको अध्यक्षमा पद्म ज्योति रहनेछन् । उनीसँगै संस्थापक सदस्यमा मिरा ज्योति, निर्देशकमा सौरभ ज्योति, सुह्रद ज्योति, सिर्जना ज्योति र आरती ज्योति रहेका छन् ।
पद्म ज्योति समूहमा हिमाल स्टिल, भाजुरत्न हिमाल सिमेन्ट, हिमाल अक्सिजन, हिमाल वायर्स, ज्योति स्पिनिङ मिल्स, भाजुरत्न फार्मास्युटिकल्स र होन्डा मोटरसाइकल लगायत छन् ।