पहिलो विदेश भ्रमणमा भारत ओर्ले श्रीलङ्काली राष्ट्रपति, विमानस्थलमा राज्यमन्त्रीको स्वागत
नेपाल प्रेस
२०८१ मंसिर ३० गते २१:५६
काठमाडौं । श्रीलङ्काका वामपन्थी राष्ट्रपति अनुरा कुमार दिशानायके भारतको औपचारिक भ्रमणमा आएका छन् । उनको यो पहिलो औपचारिक विदेश भ्रमण हो ।
आज भारतको संघीय राजधानी नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अनुरा स्थानीय समय अनुसार साढे पाँच बजे ओर्लिए । अनुरालाई भारतको सूचना तथा प्रशारण राज्यमन्त्री डाक्टर एल. मुरुगानले स्वागत गरेका थिए । राष्ट्रपति अनुराले आफै भारतीय विदेशमन्त्री एस. जयशंकर र सुरक्षा सल्लाहकार अजित दोभलसँग भेट गरेको सामाजिक सञ्जाल एक्सबाट जानकारी दिएका छन् ।
अनुरा भारतको तीन दिने औपचारिक भ्रमणमा आएको भारतीय तथा श्रीलङ्काली मिडियाहरूले उल्लेख गरेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर