काठमाडौं महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको निधन – Nepal Press

काठमाडौं महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको निधन

काठमाडौं । काठमाडौं महानगरपालिकाका पहिलो मेयर पीएल सिंहको निधन भएको छ ।

पूर्वजनसंख्यामन्त्री समेत रहेका सिंहको सोमबार निधन भएको पारिवारि स्रोतले जनाएको छ ।

२०४९ सालको स्थानीय तह निर्वाचनमा उनी कांग्रेसबाट तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बनेका थिए ।

लामो समयदेखि अस्वस्थ रहेका ८५ वर्षीय सिंहको गत वर्ष पेटको शल्यक्रिया गरिएको थियो ।

नेपाली कांग्रेसका उनी नै काठमाडौं महानगरको एकमात्र मेयर हुन् ।

कांग्रेसले उनीपछि काठमाडौं महानगरको प्रमुखमा जित्न सकेको छैन ।

उनी गणेशमान सिंहका धर्मपुत्र हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *