दाङमा धार्मिक यात्रामा हिँडेको जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु, १२ जना घाइते – Nepal Press

दाङमा धार्मिक यात्रामा हिँडेको जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु, १२ जना घाइते

रुपन्देही । दाङको देउखुरीमा विंगर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना गम्भीर घाइते भएका छन् ।

कपिलवस्तुको चनौटाबाट सोमबार बिहान बर्दिया जाँदै गरेको लु १ ज ४२९८ नम्बरको विंगर गाडी लमही नगरपालिका वडा नम्बर ९ लमही–कोहलपुर सडकखण्ड च्याउ खोलामा अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त कार्यालय प्रमुख कविराज रोकायले जानकारी दिएका छन् । उनीहरू सत्सङ्गको धार्मिक यात्रामा हिँडेको स्थानीयले बताएका छन् ।

दुर्घटनामा परेर मृत्यु हुनेमा शिवराज नगरपालिका वडा नम्बर ३ निवासी ६० वर्षीय फुलसी थारु, सोही ठाउँ निवासी ४२ वर्षीय तिर्थी थारु रहेका छन् ।

दुर्घटनामा परि शिवराज नगरपालिका वडा नम्बर ३ निवासी ४५ वर्षीय मिथिया थारु, सोही ठाउँ निवासी ६५ वर्षीय तेहली थारु, ७७ वर्षीय दर्शनी थारु, ६० वर्षीय महँगी थारु, ४० वर्षीय सरीता थारु, ५५ वर्षीय रामपियारी थारु, ४७ वर्षीय रामचन्द्र थारु, ४५ वर्षीय बुद्धि चौधरी, ४५ वर्षीय फुलबजनी चौधरी, ४५ वर्षीय बुद्धि थारु, ३८ वर्षीय बुद्धराम थारु र ३६ वर्षीय सुरेश यादव रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको छ । शवलाई पोष्टमार्टमको लागि लमही अस्पतालमा रहेको शवगृहमा राखिएको छ ।

चालकलाई प्रहरीको नियन्त्रणमा रहेको छ । प्रहरीका अनुसार गाडीमा १४ जना सवार रहेका थिए । तीव्र गतिका कारण गाडी दुर्घटनामा परेको हुन सक्ने आंकलन प्रहरीको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *