नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट – Nepal Press

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज परिसूचक ५१.३७ अङ्कले घटेर दुई हजार ६३०.९१ को विन्दुमा कायम भएको हो । यो १.९१ प्रतिशतको गिरावट हो ।

आज ३०४ कम्पनीको एक करोड २७ लाख ४५ हजार ७७७ कित्ता शेयर ६७ हजार ६४८ पटक खरिदबिक्री भएको छ । आज नेप्सेमा पाँच अर्ब ९३ करोड ५६ लाख चार हजार ८४७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सबै समूहको उपसूचक रातो देखिएको छ । सबैभन्दा धेरै वित्त समूह ४.४१ र व्यापार समूह ३.५५ प्रतिशतले घटेको छ । बैंकिङ १.४९, विकास बैंक २.०३, होटल तथा पर्यटन २.३१, जलविद्युत २.३६, लगानी १.५६ र जीवन बीमा १.८२ प्रतिशत प्रतिशतले घटेको छ ।

त्यस्तै उत्पादन तथा प्रशोधन १.१६, लघुवित्त १.८६, म्युचुअल फन्ड ०.९१, निर्जीवन बीमा १.४२ र अन्य समूह १.४५ प्रतिशतले घटेको छ । आजको कारोबारमा २२७ कम्पनीको शेयर मूल्य घट्दा १५ कम्पनीको शेयर मूल्यमात्रै बढेको छ । कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

सबैभन्दा धेरै गुमाउनेमा भने जानकी फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्य ९.५८ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको २६ करोड ४५ लाख ९० हजार ३३० रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् ।

त्यस्तै कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटर शेयर छ लाख १४ हजार ९६ कित्ता शेयर किनबेच भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *