नेकपा एसकाे कार्ययोजना पारित, कार्यविभाजन भाेलि
तत्काल कसैसँग पार्टी एकता नगर्ने स्थायी कमिटीकाे निष्कर्ष
काठमाडौं । नेकपा एसको ‘आन्दोलनद्वारा पार्टी निर्माण गरिने’ भन्ने कार्ययोजना पारित भएको छ ।
शुक्रबारदेखि जारी स्थायी कमिटी बैठकले उक्त कार्ययोजना पारित गरेको महासचिव घनश्याम भुसालले बताए । बैठक भोलि पनि जारी हुने उनले बताए ।
भोलिको बैठकले केन्द्रीय पदाधिकारी र नेताहरूको कार्यविभाजन गर्ने भुसालले बताए ।
भोलि कार्यविभाजनको काम टुंगो लागेपछि बैठक सकिने उनले बताए ।
त्यस्तै नेकपा एसले तत्काल पार्टी एकताको कुनै सम्भावना नभएको निष्कर्ष निकालेको छ ।
पार्टी कार्यालय आलोकनगरमा सोमबार बसेको नेकपा एकीकृत समाजवादीको स्थायी कमिटिको बैठकपछि पार्टी नेता जगन्नाथ खतिवडाले देशका अन्य कुनै पनि कम्युनिष्ट पार्टीसँग एकताको कुनै सम्भावना नभएको निष्कर्ष निकालेको जानकारी दिए ।
उनले राष्ट्रिय एजेण्डामा सहकार्य गर्न तयार रहेको बताए ।
खतिवडाले जनताको घर-घरबाटै जनसंघषकै माध्यमबाट पार्टी निर्माण गर्न सकिने भएकाले जनताको घर-घरमा जानेसहितको निर्णय हुने जानकारी दिए ।
नेता खतिवडाले आगामी निर्वाचनमा समाजवादीलाई सशक्त प्रतिस्पर्धीको रुपमा उभ्याउने भन्ने विषयमा छलफल केन्द्रित रहेको र यसबारेको ठोस निर्णय पनि मंगलबार नै गर्ने उल्लेख गरे ।
कार्ययाेजनाकाे पूर्ण पाठ