२१ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस (सूचीसहित)
काठमाडौं । प्रशासन सेवाका १९ र लेखापरीक्षण सेवाका २ जना गरेर २१ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।
जेष्ठता र काार्यसम्पादन मूल्यांकनबाट हुने बढुवा समितिको मंगलबार बसेको बैठकले प्रशासन सेवाका १९ र लेखापरीक्षण सेवाका २ गरेर २१ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।
प्रशासन सेवातर्फ बढुवा हुनेमा पदमकुमार श्रेष्ठ, दिलिपकुमार गौतम, योगेन्द्रप्रसाद दुलाल, युवराज अधिकारी, भविश्वर पाण्डे, चन्द्रबहादुर शिवाकोटी, हेमराज भुसाल, भरत गौतम, बिमलप्रसाद बराल, बलराम ढकाल, पवनकुमार तिमिल्सेना रहेका छन् ।
यस्तै गोविन्दप्रसाद अधिकारी, पुरुषोत्तम अधिकारी, शान्तिराज प्रसाई, नारायणप्रसाद मैनाली, चिरञ्जिवी तिमिल्सेना, कवीन्द्र नेपाल र यमेन्द्र उपाध्याय रहेका छन् ।
यस्तै लेखापरीक्षण सेवातर्फ लक्ष्मण आचार्य र धुब्रराज भुसाल रहेका छन् । बढुवा सूचीमा चित्त नबुझेको अवस्थामा ३५ दिनभित्र बढुवा समितिमा उजुरी दिन सकिने र कोहि कसैको उजुरी नपरेको अवस्थामा सरकारले ३५ दिनपछि २१ जना उपसचिवलाई नै सहसचिवमा बढुवा गर्नेछ ।