शेयर बजारमा ५ अंकको गिरावट, ४ अर्ब २७ करोडको कारोबार – Nepal Press

शेयर बजारमा ५ अंकको गिरावट, ४ अर्ब २७ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार सामान्य अंकको गिरावट भएको छ । आज नेप्से ५.६० अंकले घटेर २ हजार ६ सय २८ दशमलव २६ विन्दुमा बन्द भएको हो ।

नेप्सेका अनुसार आज ४ अर्ब २७ करोड बराबरको कारोबार भएको छ । आजको कारोबारमा ८१ कम्पनीको शेयरमूल्य बढ्दा १४९ को घट्यो । १२ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

दुई कम्पनीको शेयरमूल्यमा भने उच्च वृद्धि भएको छ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

कुथेली बुखेरी स्मल हाइड्रोपावर लिमिटेडको शेयरमूल्य ९.९० प्रतिशतले घटेको छ । आज जानकी फाइनान्स कम्पनीको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको आज १५ करोड ५९ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *