नेपाल बैंकर्स संघको अध्यक्षमा कोइराला निर्विरोध निर्वाचित
नेपाल प्रेस
२०८१ पुष ३ गते १७:३८
काठमाडौं । नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला निर्वाचित भएका छन् । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका कोइराला संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
उनी यसअघि उपाध्यक्ष थिए । बुधबारको साधारण सभाले कोइरालालाई अध्यक्षमा निर्विरोध निर्वाचित गराएको हो । उनको कार्यकाल आगामी दुई वर्षको हुनेछ ।
त्यस्तै, उपाध्यक्षमा ग्लोबल आइएमई बैंकका सीईओ सुरेन्द्र रेग्मी निर्विरोध निर्वाचित भएका छन् । सदस्यहरूमा एभरेष्ट बैंकका प्रमुख सीईओ सुदेश खालिङ, नेपाल बैंकका सीईओ तीलकराज पाण्डे र कुमारी बैंकका सीईओ रामचन्द्र खनाल निर्वाचित भएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर