चार महिनामा मात्रै ८२३ जबरजस्ती करणीका घटना, सबैभन्दा बढी कोशीमा – Nepal Press

चार महिनामा मात्रै ८२३ जबरजस्ती करणीका घटना, सबैभन्दा बढी कोशीमा

चार महिनामा साढे १९ हजार अपराधका घटना, अघिल्लो वर्षभन्दा २ प्रतिशतले बढे

काठमाडौं । चालू आर्थिक वर्षको ४ महिनाको अवधिमा मात्रै देशभरका विभिन्न ठाउँमा गरेर ८२३ वटा जबरजस्ती करणाीका घटना भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौं उपत्यका सहित देशभरका सात वटै प्रदेशमा गरेर चालू आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म गरेर ४ महिनाको अवधिमा ८२३ वटा जबरजस्ती करणाीका घटना भएका हुन् ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष भने चौमासिक अवधिमा जरबजस्ती करणीका घटना एक प्रतिशतले बढेको पाइएको प्रहरी प्रवक्ता समेत रहेका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले जानकारी दिए । उनका अनुसार गत वर्षको पहिलो चौमासिक अवधिमा ८०९ वटा जबरजस्ती करणाीका घटना भएका थिए ।

२३ प्रतिशत जबरजस्ती करणीका घटना कोशी प्रदेशमा मात्रै

चालू आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा सबैभन्दा बढी चबरजस्ती करणीका घटना कोशी प्रदेशमा भएका छन् । ४ महिनाको प्रगती विवरण अनुसार देशभरमा भएका जबरजस्ती करणीका घटना मध्ये २३.६९ प्रतिशत घटना कोशी प्रदेशमा भएका हुन् ।

गत साउनदेखि कात्तिकसम्ममा ८२३ वटा जबरजस्ती करणीका घटना भएकोमा कोशी प्रदेशमा मात्रै २३।६९ प्रतिशत अर्थात १९५ वटा मुद्दा दर्ता भएका छन् । अघिल्लो वर्षको चौमासिक अवधिको तुलनामा यस वर्ष कोशी प्रदेशमा ६ प्रतिशत जबरजस्ती करणीका घटना बढेका छन् । गत वर्ष पहिलो चौमासिक अवधिमा कोशी प्रदेशमा १८३ वटा जबरजस्ती करणीका घटना भएका थिए ।

यस्तै दोस्रोमा लुम्बिनी प्रदेशमा १७।४९ प्रतिशत अर्थात १४४ जबरजस्ती करणाीका घटजा भएका छन् । लुम्बिनी प्रदेशमा भने गत वर्षको तुलनामा यस वर्ष चौमासिक अवधिमा जबरजस्ती करणीका घटना ५ प्रतिशतले बढेका छन् ।

अघिल्लो वर्ष लुम्बिनी प्रदेशमा जबरजस्ती करणीका १३७ वटा घटना भएका थिए । तेस्रोमा काठमाडौं उपत्यकामा १५ प्रतिशत जबरजस्ती करणीका घटना भएका छन् । काठमाडौं उपत्यकामा ९।७३ प्रतिशतले बढेका छन् । गत वर्ष चौमासिक अवधिमा ११३ वटा जबरजस्ती करणीका घटना भएका थिए ।

गण्डकी प्रदेशमा सबैभन्दा कम ७ प्रतिशत जबरजस्ती करणीका घटना
सबैभन्दा कम गण्डकी प्रदेशमा ७.२९ प्रतिशत अर्थात ६५ वटा जबरजस्ती करणीका घटना भएका छन् । अघिल्लो वर्ष यस अवधिमा ५५ वटा जवरजस्ती करणाीका घटना भएका थिए । यद्यपी गण्डकी प्रदेशमा अघिल्लो वर्षको तुलनामा भने १८ प्रतिशतले जबरजस्ती करणाीका घटना भएका छन् ।

यस्तै चालू आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा नै १८६ वटा जबरजस्ती करणी उद्योगका घटना भएका छन् । अघिल्लो वर्षको तुलनामा भने पहिलो चौमासिक अवधिमा १४ प्रतिशतले जबरजस्ती करणी उद्योगका घटना भएका छन् । गत वर्ष १६३ वटा जबरजस्ती करणीका घटना भएका थिए ।

जबरजस्ती करणीका घटना कोशी प्रदेशमा भएकोमा जबरजस्ती करणी उद्योगका घटना पनि कोशी प्रदेशमा नै सबैभन्दा बढी भएका छन् । जम्मा १८६ वटा जबरजस्ती करणाी उद्योगका घटना भएकोमा सबैभन्दा बढी २१।५० प्रतिशत अर्थात ४० वटा सुदूरपश्चिम प्रदेशमा मात्रै भएका छन् । गत वर्षको चौमासिक अवधिमा भन्दा सुदूरपश्चिम प्रदेशमा यस वर्ष ८१।८१ प्रतिशतले जरजस्ती करणी उद्योगका घटना भएका छन् ।

सबैभन्दा कम भने गण्डकी प्रदेशमा जम्मा जबरजस्ती करणी उद्योगका घटना मध्ये ४।३० प्रतिशत अर्थात ८ वटा घटना मात्रै भएका छन् । यद्यपी अघिल्लो वर्षको पहिलो चौमासिक अवधिको तुलनामा यस वर्ष भने ३३ प्रतिशतले गण्डकी प्रदशेमा पनि जबरजस्ती करणी उद्योगका घटना भएका छन् ।

चार महिनामा साढे १९ हजार अपराधका घटना, अघिल्लो वर्षभन्दा २ प्रतिशतले बढे

चालू आर्थिक वर्षको चौमासिक अवधिमा जम्मा १९ हजार ४९८ विभिन्न अपराधका घटनाका मुद्दा प्रहरीमा दर्ता भएका छन् । गत वर्षको तुलनामा पहिलो चौमासिक अवधिमा २.६३ प्रतिशतले अपराधका विभिन्न घटना बढेका छन् । अघिल्लो वर्ष यसै अवधिमा १८ हजार ९९८ वटा घटना भएका थिए । प्रहरीका अनुसार यस अवधिमा सबैभन्दा बढी २२.३५ प्रतिशत अर्थात ४ हजार ३५९ वटा मुद्दा बैंकिंङ कसुरका दर्ता भएका छन् ।

दोस्रोमा सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताका १६।१२ प्रतिशत अर्थात ३ हजार १४४ घटना दर्ता भएका छन् । यस्तै यसै चौमासिक अवधिमा मात्रै २ हजार २२६ जनाले आत्महत्या गरेका छन् भने १ हजार ६१९ वटा लागू औषधका घटना भएका छन् । यस्तै १ हजार २४२ चोरी, ६१८ वटा ठगी, अपराधिक विस्वासघात तथा आपराधिक लाभ, ५७० वटा सवारी ज्यान र ३८२ वटा ज्यान मार्ने उद्योगका घटना भएका छन् । यसै अवधिमा कर्तव्य ज्यानका मुद्दा १९२ वटा दर्ता भएका छन् ।

२४ घण्टाको अवधिमा मात्रै २० जनाले आत्महत्या गर्छन्
प्रहरीका अनुसार यस वर्षको पहिलो चौमासिक अवधिमा अनुपातमा प्रतिदिन १६२ मुद्दा दर्ता भएका छन् । यस्तै प्रहरीको पछिल्लो ४ महिनाको तथ्यांक विश्लेषण गर्दा २४ घण्टाको अवधिमा २० जनाले आत्महत्या गर्ने गरेका पाइएको छ भने जबरजस्ती करणीका मुद्दा २४ घण्टाको अवधिमा मात्रै ७ वटा दर्ता हुने गरेका छन् । यस्तै २४ घण्टाकै अवधिमा ११७ जना विभिन्न अपराधमा संलग्न आरोपित पक्राउ पर्ने गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *