डोटीको रास्वपा जिल्ला सभापतिमा बलायर
डोटी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को डोटी जिल्ला सभापतिमा केशव बलायर चयन भएका छन् ।
बुधवार सम्पन्न पार्टीको प्रथम जिल्ला भेलाले बलायरलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । बलायर यसअघि जिल्लाका संयोजक थिए ।
रास्वपा संस्थापक केन्द्रीय सदस्य तथा सांसद गणेश पराजुलीको प्रमुख आतिथ्यमा दिपायलमा भएको भेलाले उपसभापतिमा धन बहादुर बोहरा, सचिवमा केशव परियार र सहसचिवमा जानकी कुँवर (खड्का)
सर्वसम्मत चयन भएका छन् । यस्तै, सदस्यहरुमा शारदा श्रेष्ठ, कविराम खत्री, टेक बोगटी, सन्तोष भण्डारी, तेज किमाडी, मोहना साउँद र कैलाश साउद रहेका सभापति बलायरले जानकारी दिए ।
पहिलो भेला सभ्य र भब्य रुपमा सम्पन्न गराउन सहयोग गर्ने सबैलाई बलायरले धन्यवाद दिए । उनले छिटै कार्ययोजना बनाएर पार्टी बिस्तारको काममा सक्रियतापूर्वक लाग्ने समेत जानकारी दिए ।