माघ ४ गते ‘इप्पान रजत जयन्ती’ मनाइँदै (भिडिओ)
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले ‘इप्पान रजत जयन्ती’ मनाउने भएको छ । इप्पानले आफ्नो स्थापनाको २५ औं वार्षिकोत्सवको अवसरमा विशेष कार्यक्रम सहित ‘इप्पान रजत जयन्ती २०८१’ ‘लिडिङ द इनर्जी प्रस्पोरेटी’ भन्ने नारासहित मनाउन लागेको हो ।
इप्पानका वरिष्ठ उपाध्यक्ष तथा संयोजक मोहन कुमार डाँगीका इप्पान रजत जयन्ती यही माघ ४ गते मेरियट होटल काठमाडौंमा मनाउन लागिएको छ । ऊर्जा समृद्धि विशेष स्मारिका प्रकाशन गर्ने भएको छ भने विभिन्न अतिरिक्त क्रियाकलापहरु पनि आयोजना गर्न लागेको छ ।
रजत जयन्तीको पूर्व सन्ध्यामा विभिन्न खेलकुद कार्यक्रमहरू आयोजना गरिनेछन् । जसमा फुटसल तथा ब्याडमिन्टन प्रतियोगिता, रक्तदान कार्यक्रम, इभी र्याली, निबन्ध लेखन प्रतियोगिता, छोटो वृत्तचित्र निर्माण प्रतियोगिता र फोटो प्रतियोगिता आयोजना गरिने भएको छ ।
वि।स। २०५७ साल माघ ४ गते स्थापना भएको इप्पानले नेपालको ऊर्जा विकासका लागि महत्त्वपूर्ण योगदान गरेको छ । देशलाई लोडसेडिङ मुक्त गरी खुद विद्युत् निर्यातकर्ता मुलुक बनाउनमा इप्पानको महत्त्वपूर्ण योगदान रहेको अध्यक्ष गणेश कार्कीको भनाई छ ।
उनका अनुसार अनुसार लगानीको हिसाबले नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो र ५०० भन्दा धेरै ऊर्जा उत्पादक कम्पनीहरू सदस्य रहेको ऊर्जा उद्यमीहरूको छाता संस्था इप्पानको यो २५ वर्षे यात्रालाई विशेष स्मरण गराउने भएको हो । यस अवधिमा भएका उपलब्धि र प्रगतिहरूलाई प्रस्तुत गर्नको लागि विशेष कार्यक्रमसहित इप्पानको रजत जयन्ती मनाउने भएको हो ।
फूटसल तथा ब्याडमिन्टन प्रतियोगिताको विजेता, उपविजेता र तेस्रो हुने टोलीलाई क्रमशः ३०, २० र १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । यसको लागि टिम दर्ता खुला भइसकेको र प्रतियोगिता यही पुस २६ र २७ गते हुने उनले जानकारी दिए ।
निबन्ध लेखन प्रतियोगिताका लागि निबन्धहरू माग भइसकेको र पुस १५ गतेसम्म प्राप्त निबन्धहरू मध्ये उत्कृष्ट १० वटा निबन्धहरूलाई पुस २० गते प्रस्तुतीकरण गर्न लगाइने छ । प्रस्तुतीकरणमा पहिलो, दोस्रो र तेस्रो हुने निबन्धले क्रमशः ५०, २५ र १५ हजार रुपैयाँ पुरस्कार राखिएको छ ।
छोटो वृत्तचित्र र फोटो प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने व्यक्ति÷कम्पनीलाई क्रमशः ३०, २० र १० हजार रुपैयाँ पुरस्कार राखिएको छ । यसको लागि पनि प्रस्ताव आह्वान भइसकेको र पुस १५ गतेसम्म फोटो भिडियो पठाइसक्नुपर्ने छ । फोटो भिडियो प्रतियोगिताको सह आयोजकको रूपमा पीजे क्लब रहेको छ ।
सबै प्रतियोगिताको विजेतारउपविजेता विषय विज्ञसहितको निर्णायक समितिमार्फत चयन गरिने भएको छ । यसका साथै अन्य कार्यक्रमहरूमा माघ २ गते रक्तदान र माघ ३ गते ईभी र्याली आयोजना हुने रजत जयन्ती मूल समारोह समितिका संयोजक डाँगीले जानकारी दिए ।