महुली लघुवित्तको एफपीओ बिक्री खुला
नेपाल प्रेस
२०८१ पुष ५ गते १०:२९
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ । संस्थाले आजदेखि एफपीओ निष्कासन गरेको हो ।
लघुवित्तले ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको ४ लाख ७५ हजार ४४९.१५ कित्ता शेयर निष्कासन गरेको हो । उक्त एफपीओको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य तोकिएको छ ।
यस लघुवित्तको एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । इच्छुक लगानीकर्ताले पुस ९ गतेसम्म आवेदन दिन सक्नेछन् ।
लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया