यू-१९ वुमन्स एसिया कपः नेपाल र बंगलादेशबीचको खेल वर्षाका कारण प्रभावित – Nepal Press

यू-१९ वुमन्स एसिया कपः नेपाल र बंगलादेशबीचको खेल वर्षाका कारण प्रभावित

खेल रद्द भएमा रनरेटका आधारमा बंगलादेश फाइनलमा पुग्नेछ

काठमाडौं । मलेसियामा जारी यु–१९ वुमन्स एसिया कपको ‘सुपर–४’ अन्तर्गत नेपाल र बंगलादेशबीचको खेल वर्षाका कारण प्रभावित भएको छ । मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदान वर्षा भइरहेकाले टससमेत हुन सकेको छैन ।

नेपालका लागि यो खेल निकै नै महत्वपूर्ण छ । यो खेलमा जित निकालेमा नेपाल फाइलनमा प्रवेश गर्नेछ । पराजित भएमा वा रद्द भएमा बंगलादेश फाइलनमा पुग्नेछ ।

सुपर–४ मा नेपालसहित भारत, बंगलादेश र श्रीलंका छन् । भारत ५ अंकसहित पहिलो, बंगलादेश ४ अंकसहित दोस्रो, समान ४ अंकसहित नेपाल तेस्रो र ३ अंकसहित श्रीलंका चौथो स्थान छ । पहिलो र दोस्रो स्थानमा रहने टोलीले फाइलन खेल्नेछन् ।

सबै टोलीले एकएक खेल खेल्न बाकी छ । नेपालले बंगलादेश र भारतले श्रीलंकासँग खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *