महिला यू- १६ फुटबलमा भुटानले नेपाललाई ५–१ ले हरायो – Nepal Press

महिला यू- १६ फुटबलमा भुटानले नेपाललाई ५–१ ले हरायो

काठमाडौं । मैत्रीपूर्ण फुटबलमा भुटानको महिला यू -१६ टीमले नेपाललाई ५–१ को फराकिलो गोलअन्तरले हराएको छ । दशरथ रंगशालामा भएको खेलमा नेपालको महिला यू- १६ टिमले लज्जास्पद हार व्यहोरेको हो ।

भुटानले ५ गोल ठोकिसकेपछि खेलको ८५ औं मिनेटमा नेपालले एक गोल गर्यो । सब्स्टीच्यूट खेलाडी सविना तामाङले हेड गोल गर्दै नेपाललाई सान्त्वना दिलाएकी थिइन् ।

मैत्रीपूर्ण फुटबल खेल्न भुटानको महिला यू–१९ र यू–१६ गरी दुई उमेर समुहका टोली नेपाल आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *