देउवाको गृहप्रदेशमा शेखरलाई भावी सभापति भन्दै नेता कार्यकर्ताको नाराबाजी – Nepal Press

देउवाको गृहप्रदेशमा शेखरलाई भावी सभापति भन्दै नेता कार्यकर्ताको नाराबाजी

देउवा र गगन थापासँग कुनै विवाद नभएको प्रष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला सुदुरपश्चिम यात्रामा निस्किएका छन्। १५ औँ महाधिवेशनमा सभापतिबाट हत्याउने दाउमा रहेका शेखर देश दौडाहामा लागेका हुन्।

कोइरालाको साथमा सांसद सुनिल शर्मा, हृदयराम थानीलगायतका नेताहरु सहभागी छन्। कोइरालाले सुदुरपश्चिका ९ जिल्ला सभापतिसहित नेता कार्यकर्तासँग भेट गर्ने तय भएको छ।

मंसिर १८ कोशी प्रदेशका पालिका सभापति भेला राखेका कोइरालाले सभापति शेरबहादुर देउवाको गृहजिल्लाबाट आफ्नो शक्ति परिक्षण गर्न लागेका हुन्। सुदूरपश्चिमको भ्रमणमा निस्केका कोइरालालाई धनगढीमा १५ किलोको मालाले स्वागत गरिएको छ।

देउवाको गृहप्रदेशमा पुगेका कोइरालालाई धनगढी विमानस्थालमा भेला भएका पार्टी नेता कार्यकर्ताले ‘भावी सभापति शेखर कोइराला जिन्दावाद, सुदूरपश्चिमले के भन्छ, शेखर दाईलाई ले भन्छ’ भन्दै नाराबाजी गरेका थिए।

१५ औं महाधिवेशनको तयारीमा रहेका नेता कोइरालाले ०८२ मंसिरभित्रै महाधिवेशन गराउनुपर्ने दबाब बढाइरहेका छन्। उनले आफ्नो सभापति देउवा र महामन्त्री गगन थापासँग कुनै विवाद नरहेको बताए।

धनगढी विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै उनले भने, ‘१५ औँ महाधिवेशनमा मेरो सभापति दाबी स्वभाविक हो। अब महाअधिवेशन आउन १ वर्ष मात्र बाँकी भएकाले तयारीमा लागेको हुँ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर