सर्वोच्चको आदेशपछि दुर्गा प्रसाईं रिहा, भन्छन्- तस्करहरुविरुद्ध लडाईं जारी छ
काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि रिहा भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफ्नो लडाईं जारी रहने बताएका छन् ।
व्यापारीलाई धम्की दिएको आरोपमा प्रहरी हिरासतमा रहेका प्रसाईंलाई सर्वोच्चले रिहा गर्न आदेश दिएपछि उनी रिहा भएका हुन् ।
शुक्रबार नै न्यायाधीश नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले दोस्रो पटक दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमा प्रसाईंलाई रिहा गर्न आदेश दिएको थियो ।
अदालतको आदेशपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोबाट रिहा भएका प्रसाईँले आफू सदैव तस्करबिरुद्धको लडाई जारी रहने बताए ।
उनले आफूलाई अदालतले न्याय दिएको बताए । त्यस्तै, उनले अब आफ्नो राजनीतिक यात्रा सुरु भएको उल्लेख गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध समेत भ्रम फैलाएको भन्दै प्रहरीले प्रसाईंलाई पक्राउ गरेको थियो । उक्त मुद्दामा अदालतले धरौटीमा रिहा गर्न आदेश दिए पनि प्रहरीले व्यापारीलाई धम्की दिएको आरोपमा अदालतबाट जारी भएको अर्को पक्राउ पुर्जीको आधारमा फेरि पक्राउ गरेको थियो ।
प्रसाई तिमि हप्ता उठाउने काम गर्दा रहेछौं बन्द गर त्यो सुनेको हो देखेको होइन