लामो दूरीको पाकिस्तानी मिसाइल कार्यक्रममा अमेरिकी आपत्ति – Nepal Press

लामो दूरीको पाकिस्तानी मिसाइल कार्यक्रममा अमेरिकी आपत्ति

काठमाडौं । अमेरिकाले लामो दूरीका मिसाइल बनाउने पाकिस्तानी कार्यक्रममा आपत्ति जनाएको छ । जर्मनीको विश्व च्यानल डिडब्लूका अनुसार अमेरिकीका राष्ट्रिय सुरक्षा उपसल्लाहकार जोन फिनरले यस्तो बताएका छन् ।

अमेरिकामा बिहीबार आयोजना भएको एक संस्थाको कार्यक्रममा बोल्दै फिनरले दक्षिण एसिया भन्दा लामो दूरीका मिसाइल बनाउने कुरामा आपत्ति जनाएका हुन् । यसले अमेरिकी सुरक्षामा समस्या हुने संकेत गर्दै उनले विरोध जनाएका छन् । फाइनरले रकेटको इन्जिनको आकारमा आपत्ति भएको बताएको छ ।

अमेरिकाले पाकिस्तानले लामो दूरिका मिसाइल बनाएकोमा केही प्रतिबन्धहरु घोषणा गरेको केहि समयपछि सुरक्षा उपसल्लाहकारको यस्तो टिप्पणी सार्वजनिक भएको छ । पाकिस्तानी विदेश मन्त्रालयले अमेरिकी प्रतिबन्दको विरोध गरेको छ ।

अमेरिकाको हतियार मुद्धामा दोहोरो चरित्र भएको भन्दै अमेरिकी प्रतिबन्दले दक्षिण एसियाली सुरक्षामा असर गर्ने मन्त्रालयले बताएको डिडब्लूले लेखेको छ । पछिल्लो समयमा चीन र पाकिस्तानका सुरक्षा सहकार्य बढेसँगै अमेरिकाको पाकिस्तानी सेनासँगको परम्परागत समधुर सम्बन्धमा दररा आएको धेरैले टिप्पणी गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *