जर्नेल हत्याको प्रतिकारमा युक्रेनमा रुसी हमला : ६ दूतावासमा क्षति
काठमाडौं । तीन दिन अगाडि मस्कोमा सवारी बिस्फोट गरेर आफ्ना जर्नेलको हत्या गरिएपछि त्यसको प्रतिकारमा रुसले युक्रेनमा हमला गरेको छ । राजधानी किभमा भएको हवाइ हमलामा परेर ६ दूतावासमा क्षति पुगेको कतारी विश्व च्यानल अलजजिराले उल्लेख गरेको छ ।
रुसको रसायानिक, जैविक तथा आणविक सुरक्षा दस्ताका प्रमुख जर्नेल इगोर किरिलोभलाई तीन दिन अगाडि हत्या गरिएको थियो । हत्या युक्रेनी गुप्चतरले गरेको बताइएको छ ।
सामाजिक संजालमा आएका फूटेजहरुले युक्रेनी राजधानीको युक्रेनी गुप्तचर मुख्यालयमा रुसले हमला गरेर ध्वस्त गरेको बताइएको छ । रुसी मिडियाहरुले यो समाचार तयार गर्दासम्म आजको किभ हमलाको बारेमा केही उल्लेख गरेका छैनन् ।