ब्याक टु लाइफ ई भीको सहयाेगमा सिन्धुलीको दुई विद्यालयमा न्यानो कपडा र शैक्षिक सामाग्री वितरण – Nepal Press

ब्याक टु लाइफ ई भीको सहयाेगमा सिन्धुलीको दुई विद्यालयमा न्यानो कपडा र शैक्षिक सामाग्री वितरण

काठमाडौं । सिन्धुलीको दुई विद्यालयमा न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरिएको छ ।

ब्याक टु लाइफ ई भी जर्मनीको आर्थिक सहयोग र सिएसडिएस सिन्धुलीको साझेदारीमा गोलन्जोर गाँउपालिकाकाे दुई वडाकाे विद्यालयमा न्यानो कपडा र शैक्षिक सामाग्री  वितरण गरेकाे हाे ।

गोलन्जोर गाँउपालिका -४ आरुबोटेस्थित श्री प्राथमिक वि द्यालय ट्वाङ्ट्वाङेमा र गोलन्जोर गाँउपालिका – ३ मुर्किबेसीमा रहेको कुशेश्वरी प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई न्यानो कपडा ज्याकेट र टोपी तथा शैक्षिक सामाग्री (कापी, कलम आदि) वितरण गरिएको  ब्याक टु लाइफ ई भी ले  जनाएकाे छ  ।

उनीहरुलाई पालिका अध्यक्ष र सम्बन्धित वडा अध्यक्षको उपस्थितिमा सामान वितरण गरिएको हो ।

टू लाईफका डिकेन्द्र ढकालले शिक्षाको लागि आवश्यक आधाभूत कुराहरु र त्यसले बालबालिकाको सिकाईमा पार्ने महत्त्वपूर्ण भूमिका रहेको बताउँदै ब्याक टू लाईफले हाल गोलन्जोर गाउँपालिकामा संचालन गरिरहेको र निकट भबिस्यमा संचालन हुने विभिन्न आयोजनाको बारेमा पनि जानकारी दिए ।

गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले गोलन्जोर गाउँपालिकालाई कार्यक्षेत्र बनाई सन्चालन गरिरहेको खानेपानी योजना पालिका स्तरीय अस्पताल, स्वास्थ चौकी र विद्यालय भवन निर्माण गर्न लागिएकोमा गोलन्जोर बासी समुदाय आफ्नो ब्यक्तिगत तर्फबाट दातृ निकाय ब्याक टू लाइफ तथा साझेदारी संस्था सि एस डी एसलाई धन्यवाद दिए ।

त्यस्तै वडा नम्बर ३ का अध्यक्ष कृष्ण प्रसाद पोख्रेलले गाउँपालिकाको स्वास्थ शिक्षा र खानेपानीमा लागि धेरै नै ठूलो सहयोग हुने र पालिकाबासीले आ—आफ्नो क्षेत्रबाट निर्माण गरिएका संरचनाहरुको उचित संरक्षण र आवश्यक व्यवस्थापन तथा विद्यालयहरुमा बालबालिकालाई नियमित विद्यालय उपस्थिति गराउन सम्पूर्ण सरोकारवाला र अभिभावकहरु एकजुट भएर लाग्नुपर्ने बताए ।

प्राथमिक विद्यालय ट्वाङ्ट्वाङे र मुर्किबेसीमा रहेको कुशेश्वरी प्राथमिक विद्यालयमा ब्याक टु लाइफ ई भी जर्मनीकै आर्थिक सहयोगमा ४ कोठे पक्की शैक्षिक भवन निर्माण भइरहेको छ। आगामी शैक्षिक सत्रदेखि नयाँ भवनबाट पठन पाठन सञ्चालन हुने लक्ष्य राखिएको स्थानीय साझेदार संस्था सिएसडिएसले जानकारी गराएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *