आफ्नो चरित्रहत्याको भिडिओविरुद्ध साइबर कसुर दर्ता गर्दै समिक्षा अधिकारी
नेपाल प्रेस
२०८१ पुष ६ गते ११:३४
काठमाडौं । गायिका समिक्षा अधिकारीले आफ्नो चरित्रहत्या गर्न बनाइएको भिडिओविरुद्ध प्रहरीको साइबर ब्यूरोमा जाने बताएकी छन् ।
सामाजिक सन्जालमा गायिका अधिकारीले एआई प्रयोग गरेर भिडिओ बनाइएको भन्दै आपत्ति जनाउँदै साइबर ब्यूरोमा जाने बताएकी हुन् ।
उनले लेखेकी छिन,‘एआई प्रयोग गरि मेरो चरित्रहत्या हुने भिडियो बनाएर भाइरल गरिएको देखें। यत्तिकै सिर्जनशीलता र समय राम्रो काममा खर्चिएको भए तपाईंहरु (जस्ले भिडियो बनाएको) वर्तमान र भविष्य उज्जवल हुनेथियो। मैले पनि कानुनी उपचार खोज्नुपर्ने थिएन।’
प्रतिक्रिया
सम्बन्धित खवर