भ्रष्टाचार लुकाउन सरकार फेरिने अवस्था बनेको छ, हामी कठघरामा उभ्याउँछौं: बाबुराम भट्टराई (भिडिओ)
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले कांग्रेस, एमाले र माओवादी चरम भ्रष्टाचारमा डुबेको आरोप लगाएका छन् ।
जनकपुरधाममा मधेश प्रदेश कमिटीको कार्यालय उद्घाटन गर्ने क्रममा उनले तीन ठूलासहित मधेशवादी दलहरु चरम भ्रष्टाचारमा लिप्त रहेको बताए ।
उनले भने, ‘अहिले आफूले गरेका भ्रष्टाचारहरु लुकाउन सरकार फेरिने र एकले अर्कोलाई आरोप लगाउने काम भइरहेको छ । भ्रष्टाचारतन्त्रमा फसेको राजनीतिलाई भ्रष्टाचाररहित, सुशासनयुक्त राजनीति स्थापना गर्ने र देशमा तीब्र विकास र समृद्धि ल्याउने एजेण्डा हामीले बोकेका छौं ।’
भोट किनेर सत्तामा पुग्ने र पालैपालो देशलाई लुट्ने काम भइरहेको भन्दै नेता भट्टराईले भ्रष्टाचार अन्त्य गर्न अधिकार सम्पन्न आयोग बनाउने र सबै भ्रष्टाचारीहरुको छानबिन गरेर कठघरामा उभ्याउने प्रतिबद्धता जनाए ।
उनले भने, ‘सबै पार्टी जसरी चरम भ्रष्टाचारमा डुबेका छन्, नेताहरु सबै कमिसनखोरीमा गाँजिएका छन् । चाहे कांग्रेस भन्नुस्, एमाले भन्नुस्, माओवादी भन्नुस् । चाहे मधेशवादी दलहरु भन्नुस् । यो त पटक पटक तपाईंहरुले देख्नुभएको छ । हामी त्यो दुष्चक्र रोक्न चाहन्छौं । भ्रष्टाचार अन्त्य गर्न अधिकार सम्पन्न आयोग बनाउँछौं । त्यसले सबै भ्रष्टाचारीहरुको छानबिन गरेर यिनलाई कठघरामा उभ्याउँछौं ।’
एमालेको एउटा भ्रष्टाचार देखाउ ।तिम्रा पछि लागौंला । भारतीय कुत्ताहरू र दिमाग बिग्रेका युट्युबरले जे भन्यो त्यहि पत्याउने ? डा लेख्नेले त विचार गर्छ कि भन्ठानेको । डा पदवी सुहायन ।