नेपालीको अल्टिमेट गोल सुखी नेपाली समृद्ध नेपाल : प्रधानमन्त्री ओली
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको अल्टिमेट गोल सुखी नेपाली समृद्ध नेपाल हुने बताए बताएका छन् ।
नेपाल जेसिजको ५१औं महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देश धेरै हिसाबले अगाडि बढ्दै गएको पनि बताए ।
उनले भने, ‘मान्छेहरु व्यवस्थामा परिवर्तन भयो, अवस्थामा परिवर्तन आएन भन्छन्, तर त्यस्तो होइन । धेरै कुरा परिवर्तन भएको छ । त्यो बेलाको बाटो, यो बेलाको बाटो । त्यो बेलाको विद्यालय र यो बेलाको बाटो । धेरै परिवर्तन भएको छ ।’
प्रधानमन्त्री ओलीले युवा शक्तिलाई वैचारिक हिसाबले संगठित गर्न जेसिजले प्रयास गरेको बताए ।
युवाहरुलाई राज्यले संगठित गर्नुपर्ने भए पनि सबै कुरा राज्यले अहिले नै गर्न नसक्ने उनको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले निजी क्षेत्र र संघसंस्थाहरुले पनि देश निर्माणमा सहयोग गर्नुपर्ने बताए ।
नेपालका समस्याहरु विश्व रंगमञ्चमा उठाउनुपर्ने भन्दै उनले जेसिजका अन्तर्राष्ट्रिय सभाहरुमा वातावरण र हिमालका कुराहरु उठाउनुपर्ने बताए ।
जेसिजले गरेको काम शान्ति निर्माण र मानवताको विकासका लागि भएको बताउँदै प्रधानमन्त्री ओलीले नेपालीहरुको राष्ट्रिय आकांक्षा नै समृद्धि भएको उल्लेख गरे ।