एमालेले बोलायो सचिवालय बैठक
नेपाल प्रेस
२०८१ पुष ७ गते ११:२२
काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।
सचिवालय बैठक पुस १० गते बुधवार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, संगठन विस्तार योजना लगायत विषयमा छलफल हुने छ ।
बैठकमा सरकारका कामकारबाही र समसामयिक राजनीतिबारे पनि छलफल गर्ने योजना रहेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर