नेपाल टेलिकमले ३० प्रतिशत लाभांश दिने
नेपाल प्रेस
२०८१ पुष ७ गते ११:२७
काठमाडौं । नेपाल टेलिकमले लाभांश घोषणा गरेको छ । टेलिकमले गत वर्षको मुनाफाबाट शेयरधनीहरूलाई लाभांश वितरण गर्ने भएको हो ।
शनिबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ३० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त लाभांश करसहितको हो । कम्पनीले गत वर्ष ४० प्रतिशत नगद लाभांश वितरण गरेको थियो।
कम्पनीको प्रस्तावित लाभांश अर्थ मन्त्रालयबाट स्वीकृत र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरूले पाउने भएका छन् । प्रस्ताव पारित गर्न कम्पनीले पुस २८ गते साधारण सभा बोलाएको छ।
प्रतिक्रिया