रवि र छविसहित ३२ जनाविरुद्ध मुद्दा दर्ता हुँदै, रास्वपाका नेता र सांसदहरू पोखरामा – Nepal Press

रवि र छविसहित ३२ जनाविरुद्ध मुद्दा दर्ता हुँदै, रास्वपाका नेता र सांसदहरू पोखरामा

पोखरा । पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

सहकारी बचत अपचलनलगायत संगठित अपराधको मुद्दामा अनुसन्धान सकेर प्रहरीले आजै कास्की अदालतमा मुद्दा दर्ता गर्दैछ ।

रविसहित पूर्व डिआइजी तथा ग्यालेक्सी टिभीका साझेदार छविलाल जोशी, लीला पछाई, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङसहित ३२ जनाविरुद्ध मुद्दा दर्ता हुँदैछ । यसअघि जीवी राईसहितविरुद्ध मुद्दा दर्ता भइसकेको छ ।

रविविरुद्ध मुद्दा दर्ता गर्न लागिएकै बेला रास्वपाका नेता तथा सांसदहरू पोखरा पुगेका छन् ।

कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीसहित सांसदहरू शिशिर खनाल,हरि ढकाललगायत पोखरा पुगिसकेका छन् ।

विराजभक्त श्रेष्ठ, मनिष झालगायतका सांसद पोखरा पुग्ने क्रममा रहेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *