सहकारी ठगीमा माओवादी युवा नेता दिपेश पुन पनि प्रतिवादी, रविसँगै संगठित अपराधमा मुद्दा – Nepal Press

सहकारी ठगीमा माओवादी युवा नेता दिपेश पुन पनि प्रतिवादी, रविसँगै संगठित अपराधमा मुद्दा

पोखरा । सहकारी बचत अपचलन मुद्दामा रवि लामिछाने,जिबी राई,छबिलाल जोशीसँगै माओवादीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनलाई पनि प्रतिवादी बनाइएको छ ।

सरकारी वकिलले प्रहरी प्रतिवेदनका आधारमा कास्की जिल्ला अदालतमा सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा पूर्व उपराष्ट्रपति नन्द बहादुर पुनका छोरा दीपशेलाई पनि प्रतिवादी बनाएको हो ।

माओवादीका युवा नेता पुनलाई फरार प्रतिवादी कायम गरेर अदालतमा मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिइन् ।

सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा ४४ जनालाई प्रतिवादी कायम गरिएको छ । ५ जनालाई सम्पत्ति जफत गर्ने प्रयोजनको लागि मात्र प्रतिवादी कायम गरिएको सहायक जिल्ला न्यायाधिवक्ता शर्माले बताइन् ।

सुन तस्करी प्रकरणमा समेत पक्राउ परेर केही समयअघि छुटेका दिपेश पुन पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर