धादिङको रुवीभ्याली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले धादिङको रुवीभ्याली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ८ जना विरद्ध भ्रष्टाचचार गरेको अभियोगमा मसुद्दा दर्ता गरेको छ ।
गैरकानुनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत टंकबहादुर नेगी, वडा अध्यक्ष प्रशान्त तामाङ र उपभोक्ता समितिका अध्यक्षसहित ८ जनाविरुद्ध विशेष अदालतमा आयोगले मुद्दा दायर गरेको हो ।
गाउँपालिकाको वडा नं ४ बोराङ स्थित पागोमा देखि स्कूलसम्म शाखा सडक निर्माणमा अनियमितता गरेको आयोगका सहसचिव एवम प्रवक्ता नरहरी घिमिरेले जानकारी दिए ।
उनका अनुसार लागत अनुमान बमोजिम कार्य नभई कम काम भए गरेको कामलाई बढी गरेको देखाई प्राविधिक मूल्यांकन सहितको नापी किताब तयार एवं कार्य सम्पन्न प्रतिवेदन स्वीकृत गरी भुक्तानी सम्बन्ध टिप्पणी र आदेशलाई सदर गरी १० लाख ८९ हजार ९ सय ८९ रुपैयाँ उपभोक्ता समितिलाई बढी भुक्तानी दिएको पाइएको हो ।