विहे गर्न वडाको सिफारिस अनिवार्य – Nepal Press

विहे गर्न वडाको सिफारिस अनिवार्य

रुपन्देही । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं ५ मा विवाह अगाडि वडाको सिफारिस लिनुपर्ने भएको छ ।

बालविवाह रोक्नका लागि वडामा बसोबास गर्ने केटाकेटी दुवैले अनिवार्यरुपमा उमेर खुल्ने सिफारिस लिनुपर्ने ब्यवस्था गरिएको वडाध्यक्ष विमला गुरुङले बताइन् ।

वडालाई बालमैत्री घोषणा गरिएको र यसको दीर्घकालीन कार्यान्वयनका लागि यस्तो ब्यवस्था गरिएको हो ।

घर परिवारमा विवाह कार्यक्रम आयोजना गर्नुपूर्व वडा कार्यालयबाट अनिवार्य सिफारिस लिएर मात्र विवाह उत्सब गर्न वडाले सबै लाई आग्रह गरेको छ ।

कार्तिक २६ गते वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *