तलब बढे पनि धमाधम जागिर छोड्दै बेलायती सैनिकहरू – Nepal Press

तलब बढे पनि धमाधम जागिर छोड्दै बेलायती सैनिकहरू

काठमाडौं । बेलायती सैनिकहरूको तलब ६ प्रतिशत बढेको खबर केहि अगाडी सार्वजनिक भएको थियो । यो खबरले बेलायती सैन्य क्षेत्रमा उत्साह जनाउनुपर्ने थियो । तर, शनिवार बेलायती अखबार टेलिग्राममा आएको तथ्याङ्कले कथा फरक देखिएको छ ।

इतिहासमा बेलायती सेना सबैभन्दा थोरै अर्थात् हरेक हजार बेलायतीमा दुई जना मात्रै भएको समयमा यस्तो समाचार सार्वजनिक भएको छ । समाचार अनुसार यो वर्षको अक्टोबरसम्ममा मात्रै १५ हजार ११९ जनाले बेलायती सेनाको जागिर छोडेका छन् । यो वर्ष सेनामा भर्ना हुनेहरूको संख्या भने १२ हजार मात्रै छ । पछिल्लो २२ वर्षमा पहिलो पटक सेनाको तलब धेरै वृद्धि गरिएता पनि यस्तो देखिएको छ ।

बेलायती रक्षा मन्त्रालयले पनि बेलायती सेनाको आकर्षक घटेको स्वीकारेको छ । पछिल्ला १४ वर्षमा लगातार भर्ना गर्न खोजेको अनुपातमा सैनिकहरू भर्ना भएको देखिएको छैन ।

अझ रोचक कुरा बेलायती सेनाको आकार घट्दै जाँदा बेलायती निजामती सेवाको आकार बढेर सेना भन्दा चार गुणा ठूलो भएको टेलिग्राफले बताएको छ । यो इतिहासमै पहिलो पटक भएको बताइएको छ ।

बेलायती सेनाका उपप्रमुख रोब म्यागावानले गत महिना बेलायती सांसदहरूसँग ‘आजको आजै रुससँग भिड्न तयार भएको’ भनेको केहि सममयपछि बेलायती सेनाले युद्ध नहुँदा पनि भर्ना संकट बेहोरिरहेको सूचना सार्वजनिक भएको हो ।

यो समाचारलाई रुसी मिडियाले प्राथामिकताकासाथ प्रकाशन गरेका छन् । रुसी विश्व च्यानल आरटीले बेलायती सेनामा भर्ना संकट भन्दै समाचार प्रकाशन गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर