कांग्रेसको चुनाव चिन्हमा एमालेको उम्मेदवार बनाउने गठबन्धनको पक्षमा छैन : मिनेन्द्र रिजाल (भिडिओ) – Nepal Press

कांग्रेसको चुनाव चिन्हमा एमालेको उम्मेदवार बनाउने गठबन्धनको पक्षमा छैन : मिनेन्द्र रिजाल (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। मिनेन्द्र रिजाल सात बुँदे सहमति अनुसार सरकार अघि बढ्नुपर्ने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले निषेधको राजनीतिमा अघि बढ्न नहुने बताए ।

उनले भने, ‘हामीले कांग्रेस एमाले मिलेर गठबन्धन बनाएका छौँ। गठबन्धन बनेपछि हामीले अरू दल र देश हेर्नु परेन। सत्तामा रहने गुटभन्दा बाहिर हेर्नु परेन। सत्तामा रहँदा पनि गुटको मूल नेताले पनि आफूलाई मन पर्ने उपगुट भन्दा बाहिर हेर्न परेन। त्यो बिस्तारै अल्पमतको निरंकुशतको रूपमा रूपान्तरित हुन्छ। पार्टी, देश र अर्को पार्टीमा आफूलाई मन नपर्नेलाई निषेध गर्ने राजनीतिमा पुग्छ। त्यस्तो नहोस्, कांग्रेस एमालेको गठबन्धन त्यसका लागि बनेको होइन त्यो बाटोमा अघि नबढोस्।’

उनले सरकार निषेधको राजनीतितर्फ अगाडि बढे दुर्घटना निम्तिनसक्ने बताए। उनले संविधान संशोधन गर्नको सबै दलहरुबीचको सहमतिको आधारमा गर्नुपर्ने बताए।

उनले अगाडि भने, ‘अहिले हाम्रो कृत्रिम बहुमत छ। जनताले दिएको बहुमतसहितको राजनीतिमा पुर्याउनको लागि हामीले नै बनाएको संविधानको ९ वर्षको अभ्यासबाट केही परिवर्तन गर्नुपर्छ भन्ने मान्यता राख्ने मान्छे हुँ। तर, कांग्रेस र एमाले सँगै बढ्नुपर्छ भनेको गाउँपालिकाको चुनावमा कांग्रेसको चुनाव चिन्हमा एमालेको उम्मेदवार बनाउनुपर्छ भन्ने पक्षमा गठबन्धन बनाउनुपर्छ भनेको होइन।’

उनले पार्टीको सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी ओली एक ठाउँमा छँदासम्म सरकार कसैले हल्लाउन नसक्ने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर